Skip to content
LAXMI SUNRISE BANK

संविधान संशोधनको विरोधमा अरुण पूर्वका नौ जिल्ला बन्द

अर्थ सरोकार

  • अर्थ सरोकार संम्वाददाता 

काठमाण्डौ – संविधान संशोधन विधेयकको विरोध गर्दै संघीय लिम्बुवान पार्टी नेपालले बिहीबार अरुण पूर्वका ९ जिल्ला बन्दको आह्वान गरेको छ। बन्दका कारण झापासहित अरुणपूर्वको नौ जिल्लाको जनजीवन प्रभावित भएको छ।  बन्दका कारण यातायात, शैक्षिक संस्था, उद्योगधन्दा तथा बजार पसल बन्द भएका छन् भने केही स्थानमा फाट्टफूट्ट रुपमा पसल खुलेका छन्।
 लामो तथा छोटो दुरीका यातायातका साधनहरु पनि चल्न सकेका छैनन्। काठमाडौंबाट झापातर्फ आउने रात्रीसेवाका बसहरुलाई प्रहरीले स्कर्टिङ गरेर गन्तब्यतर्फ पुर्‍याइरहेको प्रहरीले जनाएको छ। एम्बुलेन्स, दूध तथा पानीका गाडी भने निर्वाध रुपमा चलिरहेका छन्।  संविधान संशोधन विधेयकमा मधेश केन्द्रित दलको मागलाई मात्र समेटेको तर लिम्बुवानको मागलाई नसमेटेको कारण बन्द आह्वान गर्नुपरेको संघीय लिम्बुवान पार्टी नेपालका अध्यक्ष सञ्जुहाङ पालुङवाले बताए।
 मधेशको मागलाई समेट्ने बहानामा लिम्बुवानी क्षेत्र झापा, मोरङ्ग र सुनसरीलाई षड्यन्त्रपूर्वक टुक्र्याउन खोजिएका कारण बन्दको आह्वान गरिएको उनको भनाइ छ। उनले भने(‘सत्ता टिकाउने बहानामा मधेशी जनतालाई मात्र सरकारले फकाउन खोजेको छ। हामी आदीवासी बेवास्ता गर्‍यो, हाम्रो आन्दोलन अब झन् शसक्त हुन्छ।आफ्नो शान्तिपुर्ण आन्दोलनका क्रममा प्रहरीले दमन गरे आफुहरु कडा रुपमा प्रस्तुत हुने समेत उनले चेतावनी दिए। 
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK