
काठमाडौँ- एसियाली विकास बैंक (एडिबी)ले विद्यालय क्षेत्र विकास योजना कार्यान्वयन गर्न सरकारलाई रु १३ अर्ब १६ करोड ५४ लाख सहुलियत ऋण उपलब्ध गराउने भएको छ ।
बैंकले विद्यालय क्षेत्र सुधार कार्यक्रम कार्यान्वयनका निम्ति आवश्यक पर्ने नीति निर्माण एवम् कार्यान्वयनका लागि क्षमता विकास गर्न रु पाँच करोड ४४ लाख प्राविधिक सहायतासमेत उपलब्ध गराउने छ ।
विगतदेखि नै सञ्चालित विद्यालय क्षेत्र विकास कार्यक्रमको निरन्तरताअनुरुप आधारभूत गुणस्तरीय शिक्षा, माध्यमिक शिक्षा सुधार, दैवी विपत्तिका बेला पनि प्रभावित नहुने विद्यालय भवन निर्माण एवम् जोखिम घटाउने परियोजनाहरुमा उक्त ऋण उपयोग गरिने छ ।
ऋण सहायतासम्बन्धी सम्झौतापत्रमा अर्थमन्त्रालयमा आज आयोजित कार्यक्रममा यहाँस्थित उक्त बैंकका देशीय निर्देशक केनिची योकोयामा र उक्त मन्त्रालयका सचिव शान्तराज सुवेदीले हस्ताक्षर गरे ।
उक्त अवसरमा सचिव सुवेदीले वैदेशिक सहायतामा मुलुकमा धेरै विकास निर्माणका परियोजना सञ्चालन भए पनि दु्रत कार्यान्वयनमा कमजोरी देखिएकाले त्यसलाई निर्मूल गर्नुपर्नेमा जोड दिए । उ
निर्देशक योकोयामाले सहस्राब्दी विकास लक्ष्यअन्तर्गत शैक्षिक क्षेत्रमा नेपालले उल्लेख्य प्रगति हासिल गरे पनि गुणस्तरीय शिक्षा अझै चुनौतीका रुपमा रहेकाले त्यसको सामना गर्न ऋण सहयोग उपलब्ध गराइएको बताए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्