
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – झापाकी शिक्षा खरेल (नाम परिवर्तन) पढ्न भनेर काठमाडौँ आएकी थिईन् । काठमाडौँमा उनको एक केटासँग प्रेम बस्यो । प्रेम यतिसम्म झाँगियो कि उनीहरु बीच हुन बाँकी केहि रहेन । दिनहुँजसो भेट्नु मिलेसम्म शारीरिक बन्धनमा बाँधिनु उनीहरुको दैनिकीजस्तै थियो । र घर फर्केपछि पुन: त्यहि विषयमा फोनमा कुरा गर्नु, वा फेसबुकमा त्यस्तै अश्लील च्याट गर्नु उनीहरुको दैनिकी नै बनेको थियो । तर केहि समय आफ्ना प्रेमीसँग छुट्टीएकि शिक्षा त्यो बेला बाँच्नु र मर्नुको अवस्थामा पुगिन्, जतिबेला उनले आफ्ना प्रेमीसँग गरेको अश्लील कुराकानी बाहिरियो । यो त प्रतिनिधि घटना मात्र हो यसरी प्रेमीसँग कुराकानी गरेको अश्लील गफहरु अहिले युट्युब र विभिन्न पोर्न साइटमा छ्याप छ्याप्ती छन् ।
युट्युबमामात्र होइन पोर्न साइटहरुमा पनि छन् दर्जनौं अश्लील नेपाली वार्तालाप
युट्युबमा यस्ता छाडा वार्तालाप दर्जनौं छन् । विदेशमा रहेकाहरुले यस्तो कुराकानीलाई बढी युट्युबमा राखेका छन् भने विभिन्न अश्लील साइटमा पनि नेपाली वार्तालापहरु छ्यापछ्याप्ती पाइने गरेको छ । आफ्नी प्रेमिकासँग अश्लील कुराकानी गर्ने र त्यस्तो कुराकानीलाई युट्युबमा हालेर एकातर्फ आफ्नी प्रेमिकाको बेइज्जत गर्ने अर्कोतर्फ त्यहि कुराकानीलाई बेचेर पैसा कमाउनेहरु बढेका छन् । यसरी आफ्ना साथीले वा कसैले आफ्नी प्रेमीकासँग अश्लील वार्तालाप गरेको भेटे त्यसलाई विभिन्न वेव साइटहरुमा हालेर पैसा कमाउने गरेको पाइएको छ ।
युट्युबबाट हुन्छ मनग्य कमाइ, अरु साइटको रेट पनि राम्रो !
युट्युबबाट यस्ता अश्लील सामाग्री राखेर मनग्य कमाइ हुने भएपछी आफुले छोडेका वा आफुलाई छोडेका प्रेमिकाहरुसँगको अश्लील वार्तालापहरु सार्वजनिक गरेर पैसा कमाउनेहरु बढेका छन् भने अरुको कुराकानी चोरेर आफ्नो एकाउन्टबाट हाल्ने र त्यसवापत मोटो रकम कमाउने धन्दामा विभिन्न व्यक्तिहरु संग्लग्न छन् । यस्ता नेपाली अश्लील भिडियो र कुराकानीहरु विभिन्न नेपाली वेव साइटहरुमा समेत पाइने गरेको छ । पछिल्लो समय नेपाली अश्लील सामाग्रीहरु संग्रह गरेको एक पोर्न साइट www.nepali****.net मा पनि दर्जनौं यस्ता सामाग्रीहरु छन् ।
अपराध महाशाखा भन्छ, ‘राख्न नपाइने कानुन नै छैन’
यसबारे हामीले अपराध महाशाखा अन्तर्गत साइबर क्राइम हेर्ने डीएसपी पशुपति रायलाई सोधेका थियौं । उनले यस्ता सामाग्रीहरु राख्न नपाइने भन्ने नेपालको कानुनमै व्यवस्था नभएको र सम्बन्धित व्यक्तिले उजुरी गरेको खण्डमा मात्र कार्वाही प्रक्रिया अगाडी बढ्ने बताएका छन् । ‘पछिल्लो समय नेपाली अश्लील सामग्रीहरु पोर्न साइटमा अपलोड भएका छन् नि ?’ भन्ने हाम्रो प्रश्नमा उनी भन्छन्, ‘विभिन्न देशमा यस्ता सामाग्री राख्न, वा हेर्न पाइन्छ वा पाइंदैन भन्ने स्पष्ट नियम छ। हामीकहाँ त्यस्तो नियम नै छैन । सम्बन्धित व्यक्तिले नै आफु पिडित भएको भन्दै उजुरी दिएको खण्डमा कार्वाही गर्न सकिन्छ ।’
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्