
नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले पाठ्यक्रम एउटा पढाउने गरेको तर उतीर्ण भइसकेपछी विभिन्न बहानामा नेपालका लेखा प्राविधिकहरुलाई काम गर्न नदिएको भन्दै आइक्यानको मनपरीमाथि हस्तक्षप गर्न आग्रह गर्दै लेखा प्राविधिकहरुको समूह नेपाल लेखा प्राविधिक संघ (अटान)का अध्यक्ष सहितको टोलीले शुक्रबार अर्थमन्त्री कृष्ण बाहादुर महरालाई भेट गरेको छ ।
भेटमा अर्थमन्त्रीसमक्ष नेपाल लेखा प्राविधिक संघ अटानका अध्यक्ष रुद्र ढुंगेलले आइक्यानले बदनियत ढंगले एटिहरुलाई काम गर्न नदिएको, एउटा पाठ्यक्रम पढाएर अर्कोथरी काम गर्न लगाएको, मन्त्रीस्तरीय निर्णय मिचेर नियम संसोधन गरेको लगायतका विभिन्न गुनासो अर्थमन्त्री समक्ष राखेका थिए ।
जवाफमा अर्थमन्त्री बोहोराले यसअघिपनि उक्त गुनासो अनौपचारिक रुपमा आएकाले उक्त गुनासोलाई आफ्नै पालामा सम्बोधन हुनेगरी काम कार्वाही अगाडी बढाउन आफु मातहतका कर्मचारीहरुलाई निर्देशन दिएका छन् । साथै उनले आइक्यानका पधाधिकारी, अटानका पधाधिकारी र पत्रकारहरुसमेत सँगै राखेर समस्या कहाँ भएको हो पत्ता लगाउने गरी छलफल गरी समस्याको गाँठो फुकाउने गरीको बैठक आहवान गरन समेत आफु मातहतका कर्मचारीहरुलाई निर्देशन दिईसकिएको बताएका छन् ।
यता आइक्यानमा भएको सार्वजनिक खरिद ऐन विपरितको काममा अर्थमन्त्रालयले आवश्यक छानविन गर्नु भनी चिठी पठाएको भएपनि उक्त कार्यमा संलग्न रहेका व्यक्तिकै संयोजनमा छानविन समिति गठन गरेर उक्त मुद्धालाई तुहाइएको बारे पत्रकारले सोधेको प्रश्नमा यससम्बन्धि थप उजुरी समेत परेकाले छिट्टैनै अर्को निर्देशन आइक्यान समक्ष पुग्ने बताएका छन् ।
लेखा प्राविधिक (एटि) हरुलाइ उनले लेखा प्राविधिकहरुको माग छिट्टै सम्बोधन हुने र यस कुरामा ढुक्क भएर बस्न समेत आग्रह गरेका छन् ।
के हुन् त लेखाप्राविधिकका समस्या ? हेर्नुहोस् भिडियोमा :
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्