Skip to content
LAXMI SUNRISE BANK

बौद्ध चौंकीमा आक्रमण,१० प्रहरी घाइते

अर्थ सरोकार

काठमाडौं – बौद्धको जोरपाटीस्थित नयाँबस्तीमा रहेको प्रहरी चौकीमा स्थानीयले आक्रमण गरेका छन् । बौद्ध प्रहरीले जानकारी गराएअनुसार आक्रमणबाट १० जनाभन्दा धेरै प्रहरी घाइते भएका छन् । 
प्रहरीले पक्राउ गरेका ट्याक्सी चालक राजु लामाको मृत्यु भएपछि स्थानीय वासिन्दाले चौकी आक्रमण गरेका हुन ।मादक पदार्थ सेवन गरी ट्याक्सी चलाएका राजु लामालाई शनिबार बौद्ध प्रहरीले पक्राउ गरेको थियो।
आइतबार करिब ५ सयको संख्यामा गएका स्थानीयवासीले प्रहरी बिटमा आक्रमण गर्दा ५ वटा मोटरसाइकल चलेर नष्ट भएको प्रहरीले बताएको छ। भने दुई तले चौकीसमेत ध्वस्त भएको प्रहरीले जनाएको छ। अझै अन्य विवरण आउँन बाँकी रहेको बताइएको छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK