
काठमाण्डौ – नयाँ शक्ति नेपालले पार्टीका सदस्यहरुलाई कम्तिमा एक लाख रुपैया राष्ट्रिय बाणिज्य बैंकमा संयोजक बाबुराम भट्टराई र नेता केशवमान शाक्यको खातामा रकम जम्मा गरिदिन आह्वान गरेको छ ।
केन्द्रीय कार्यकारी सदस्य,आमन्त्रित सदस्य,बिभागीय प्रमुख,प्रदेश संयोजक,जिल्ला संयोजक र सम्पूर्ण पार्टी संगठनका नाममा जारी गरिएको पत्रमा राष्ट्रिय बाणिज्य बैंकको बानेश्वर शाखामा रहेको खाता नम्बर १४२०००४३०९०१ मा डा बाबुराम भट्टराई र डा केशवमान शाक्य नयाँ शक्ति पार्टी नेपालमा जम्मा गरिदिन आब्हान गरिएको छ ।
सो खातामा रकम जम्मा गरेपछि केन्द्रीय कार्यालयमा जानकारी गराउन पत्रमा उल्लेख गरिएको छ । केन्द्रीय आर्थिक स्रोत परिचालन बिभागका संयोजक सुनिल खडकाले पठाएको पत्रमा भनिएको छ
‘हाम्रो पार्टीको केन्द्रीय कार्यकारी समितिको मंसिर ६,७ र ८ गते बसेको बैठकद्धारा ६ महिने राजनैतिक सामाजिक अभियान सञ्चालन गर्ने निर्णय गरे अनुसार उक्त अभियानलाई आर्थिक रुपमा चुस्त दुरुस्त राखी परिणाममुखी बनाउन यस आर्थिक स्रोत परिचालन बिभागको मंसिर १७ गते बसेको बैठकको निर्णय अनुसार पार्टीका सदस्यहरुबाट कम्तिमा एक लाख रुपैया प्रारम्भिक सहयोग आब्हान गर्ने र उक्त रकम परिचालन गरी केन्द्रीय, प्रदेश र जिल्लामा अभियान सञ्चालन गर्न आवश्यक तयारी गर्नको लागि देश तथा विदेशमा रहेका सम्पूर्ण पार्टी पंक्तिलाई उक्त आब्हान बारे आन्तरिक रुपमा सु–सुचित गर्न गराउन अनुरोध गरिन्छ । अन्नपूर्ण पोष्टबाट साभार गरिएको हो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्