
काठमाडौँ – नयाँ शक्ति संयोजक बाबुराम भट्टराई र तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले संविधान संशोधन प्रस्ताव तत्काल अघि बढाउन प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष माग गरेका छन् ।
शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटार पुगेका दुई नेताले प्रस्ताव अघि बढाउनुको साटो पहिले चुनाव घोषणा गरिए आन्दोलन चर्काउने चेतावनी पनि दिए । भट्टराई र ठाकुरले सत्ता घटकबाट प्रतिपक्षी एमालेको संसद अवरोध छल्न संशोधन प्रस्ताव फिर्ता लिने अनि चुनाव घोषणा गर्ने तयारीबारे आइरहेका समाचारबारे प्रधानमन्त्रीको धारणा बुझ्न चाहेका थिए ।
प्रधानमन्त्री दाहालले संशोधन प्रस्ताव परिमार्जन गर्ने सोच बनाइरहेको भए पनि फिर्ता लिने सम्भावना नरहेको भनी दुई नेतालाई आश्वस्त तुल्याएको बालुवाटार स्रोतले बतायो । दाहालले संशोधन प्रस्तावको विपक्षमा एमालेले प्रदर्शन चर्काइरहेका बेला मधेसी मोर्चाले समेत स्वामित्व नलिनुको कारण के हो भनी ठाकुरलाई सोधेका थिए ।
जसका लागि प्रस्ताव ल्याएको हो ऊसमेत छलफल गर्न तयार नहुने हो भने स्वाभाविक रुपमा अन्योल उत्पन्न हुन जाने अवस्थाप्रति विचार गर्नसमेत प्रधानमन्त्रीले आग्रह गरे । नयाँ शक्ति संयोजक भट्टराईले पहिले मोर्चामो माग सम्बोधन हुने गरी संविधान संशोधन र त्यसपछि मात्रै चुनाव घोषणा गर्ने बाटो सुल्टो भएको भन्दै सरकारले अन्यथा निर्णय लिए समस्या झन बल्झिने सुझाव आफूले दिएको बताए ।
भट्टराईका अनुसार प्रधानमन्त्री दाहालले काँग्रेस र एमालेका केही शीर्ष नेताले दिएका फरकफरक अभिव्यक्तिका कारण सर्वसाधारणमा अलमल उत्पन्न हुन गएको भन्दै प्रस्ताव कुनै पनि हालतमा अघि बढाउने, बरु कन्टेन्टमा आवश्यक परिमार्जनका लागि लचकता अपनाउन मोर्चालाई आग्रह गरेका थिए ।
- कान्तिपुर दैनिकबाट
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्