×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रचण्ड र बाबुराम एउटै मञ्चमा

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

प्रचण्ड र बाबुराम एउटै मञ्चमा

११ पुष २०७३, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

काठमाण्डौ – माओवादीबाट अलग भएर नयाशक्ति पार्टी स्थापना गरेपछि टाढा भएको माओवादी केन्द्रका अध्यक्ष एंव प्रधानमन्त्री प्रचण्ड र बाबुराम भट्टराईबीचको दुरी नजिकीन थालेको छ । पछिल्लो एक महिनामा बाबुरामले प्रचण्डलाई चारपटक बाबुवाटारमा भेट गरिसकेका छन् । आज विभाजनको १४ महिनापछि फेरि प्रचण्ड र भट्टराई एउटै मञ्चमा देखिदैछन् ।
माओवादी नेता स्वर्गीय भक्तिप्रसाद पाण्डेको जीबनीमा आधारित पुस्तकमा आज प्रचण्ड र भट्टराई सँगै देखिनेछ न् । पाण्डेको जीवनमा आधारित किताव आज महेन्द्र पुलिस क्लवमा दुबै नेताले एकसाथ बिमोचन गर्दैछन् । पाण्डेको गत कात्तिक २९ गते ६२ बर्षको उमेरमा क्यान्सरका कारण निधन भएको थियो ।
माओवादी जनयुद्धमा हतियार सप्लाइमा महत्वपूर्ण भूमिका निर्वाह गरेका पाण्डे निडर नेताका रुपमा स्थापित थिए । प्रचण्ड प्रमुख अतिथि र भट्टराई विशेष अतिथि रहने विमोचन कार्यक्रमलाई राजनीतिक रुपमा महत्वपूर्ण ठानिएको छ ।आज मात्सेतुङको जन्मजयन्तीको अवसर पारेर किताव विमोजन गर्न लागिएको हो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: