
इनरुवा- चुरे भावर राष्ट्रिय एकता पार्टी नेपालका अध्यक्ष बद्रीप्रसाद न्यौपानेले नेपाल जनताको चाहना विपरित कुनै समुदाय र विदेशीलाई खुसी बनाउने उद्देश्यले ल्याएको संविधान संसोधन विद्येयक फिर्ता नभए आन्दोलनको आँधीबेहरी ल्याउने चेतावनी दिएका छन ।
सोमबार इनरुवामा आयोजित पत्रकार सम्मेलनमा उनले मिलेर बसेका नेपालीहरुलाई मधेस र पहाडका नाममा टुक्र्याउने र मुलुकको सामाजिक सद्भावलाई क्षतविक्षत बनाउने योजनासहित ल्याएको संसोधन विद्येयक फिर्ता लिन पटक पटक आग्रह गर्दा पनि सरकारले बेवास्ता गरिरहेको भन्दै जनताको भावनालाई बेवास्ता गरिरहे आन्दोलनमा जानुको विकल्प नहुने स्पष्ट पारे ।
अध्यक्ष न्यौपानेले भने,‘ चुरेभावर आन्दोलनबाटै जन्मिएको शक्ति हो, हामीले आन्दोलन गर्न जानेका छौ । २०६३ साल ७२ सालको आन्दोलन राज्यले विर्सिए जस्तै छ, यस्तै रहे राज्यले यसको मुल्य चुकाउनु पर्छ ।’
उनले अंगिकृत नागरिकलाई उच्चपदमा पुर्याउने योजना नेपालकै मुलबासी मधेसी र अन्य समूदायको अधिकार खोस्ने षडयन्त्र भएको भन्दै यसका विरुद्ध सबै नेपालीहरु एक हुनु पर्ने आवश्यकता औल्याए ।
न्यौपानेले अमेरिका र बेलायत जस्तो प्रजातान्त्रिक मुलुकमा कार्यकारी प्रमुख हुन क्रिश्चियन धर्मालम्बी नै हुनु पर्ने ब्यवस्था विद्यमान रहेको अवस्थामा बहुसंख्यक हिन्दु समूदाय रहेको नेपाल हिन्दु राष्ट्र हुनु पर्नेमा आफूहरु स्पष्ट भएको बताउँदै विदेशीको स्वार्थमा ल्याईको धर्म निरपेक्षको विषयमा विवाद भएपछि जनमतसंग्रहबाट टुङग्याउनु पर्ने धारणा रखे ।
मधेसी मोर्चाले फेरि आन्दोलनको धम्की दिईरहेको सन्दर्भ उल्लेख गर्दै उनले मोर्चाले नाकाबन्दीसहितको आन्दोलन गर्दा समेत चुरे भावर प्रदेश बन्द नभएकोले अहिले पनि त्यसलाई असफल बनाएर मुलुकको अखण्डता र सार्वभौमिकता रक्षा गर्न जस्तो सुकै कदम चाल्न पनि आफूहरु तयार रहेको स्पष्ट पारे । न्यौपानेले भने,‘ हामी अहिले आन्दोलन तयारी छौ, त्यसैको तयारीमा अहिले म देश ब्यापी दौडाहामा हिडेको हो ।’
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्