
- अर्थ सरोकार संम्वाददाता
काठमाडौं – नेकपा नेकपा क्रान्तिकारी माओवादी को केन्द्रिय समितिको बैठकले संविधान संशोधनको मुद्दामा सरकार र एमाले दुबैको विरोध गर्ने निर्णय गरेको छ। संसद सचिवालयमा दर्ता भएको संविधान संशोधन विधेयकबारे पार्टीले भनेको छ, राजनीतिक प्रस्तावमा सरकारद्वारा प्रस्तुत संविधान संशोधन विधेयक विस्तारवादी कोण र एमालेद्वारा गरिएको विरोध सामन्तवादी कोणमा आधारित भएकोले ती दुवैको विरोध गर्ने,ु बैठकपछि पार्टीले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
पार्टी बैठकले पहिचान तथा सामथ्र्यका आधारमा राज्य पुनर्संरचना गरिने भनिएपनि त्यस्तो हुन नसकको ठहर गरेको छ। बैठकमा पार्टी अध्यक्ष मोहन वैद्य किरणले तत्कालीन राजनीतिक प्रस्तावका रुपमा राजनीतिक प्रतिवेदन र ३ महिने संगठन तथा जनपरिचालन अभियान सम्बन्धि प्रस्ताव प्रस्तुत गरेका थिए।
बैठकले संगठन निर्माण, बिस्तार तथा सुदृढीकरण गर्ने र राष्ट्रियता, जनतन्त्र तथा जनजीविकाका समस्याबारे जनतालाई जागरित तुल्याउने निर्णय गरेको छ। वर्तमान पश्चगामी सविधानको खारेजी तथा संघीय जनगणतान्त्रिक संविधानको स्थापनाको पक्षमा जनाधार तयार पार्ने पार्टी बैठकको निर्णय छ।
बैठकले भ्रष्टाचार कालाबजारीको विरोध गर्ने लगायतका विषयमा माघदेखि चैत्रसम्म तीन महिने अभियान संञ्चालन गर्ने निर्णय गरेको छ। पार्टीको राष्ट्रिय सम्मेलन केही पर सार्ने निर्णय बैठकले गरेको छ। नयाँ मिति आगामी बैठकमा तय हुने पार्टीले जनाएको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्