Skip to content
LAXMI SUNRISE BANK

बालुवाटार बैंठकमा प्रधानमन्त्री प्रचण्डलाई फेरि मधेसी मोर्चाले जिस्क्याए

अर्थ सरोकार

काठमाडौं – ‘हत्तेरी सवै माग त ! कहाँ पूरा गर्न सकिन्छ । हामीले सक्ने माग त पूरा गरेका नै छौं त ।’ बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले–‘स्थानीय तह तथा निकायको चुनाव गर्नुपर्ने समेत जानकारी गराए ।’
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मधेसी मोर्चालाई जसरी भएपनि संविधान संशोधन विधेयकलाई समथर्न गर्न अनुरोध गरेका छन् ।
बिहीबार सत्तारुढ दलहरुको बालुवाटार बैंठकमा मधेसी मोर्चाले जसरीभएपनि संविधान संशोधन विधेयकलाई समर्थन गर्नुपर्ने प्रधानमन्त्री प्रचण्डले बताए । यससँगै बैंठकमा उपस्थित हुन गएका मधेसी मोर्चाका नेताहरुलाई विधेयक संसदमा दर्ता गर्नुपर्ने समेत जानकारी गराएका थिए ।
‘तपाईहरु किन यसरी पछि हट्नुभएको,तपाईहरुकै मागको निमित्त हामीले संविधान संशोधन गर्न लागेका हौं ।’माओवादी नेता वर्षामान पुनले भने–‘अब कसरी हुन्छ विधेकमाथि समर्थन गर्नुपर्छ ।’
एकै स्वरमा मधेसी मोर्चाका नेताहरुले संविधान संशोधनले आफूहरुको माग पुर्ण रुपमा सम्बोधन भएको बताए । उनीहरुले भने–‘यसलाई थप परिर्मार्जन गर्नुपर्छ ।’
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK