
काठमाडौँ – एमाले अध्यक्ष केपी ओलीको एउटा आचरणको कारण धेरैले हैरानी ब्यहोर्दै आएका छन् । पार्टीभित्र होस् र बाहिरसमेत ओलीको त्यस्तो ब्यहोरा र त्यसबाट पाएको हैरानीको चर्चा हुने गर्छ । त्यो हो, समयको व्यवस्थापना गर्ने क्षमताको अभाव । ओली तोकिएको समयमै निर्धारित काम वा कार्यक्रममा पुग्दा धेरैले अनौठो मान्ने गरेका छन् ।
मंगलबार पनि त्यस्तै भयो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रमुख सत्तारुढ घटक काँग्रेस सभापति शेरबहादुर देउवा र ओलीलाई बिहान ९ः३० मा सरकारी निवास बालुवाटार बोलाए । एमालेले संसदमा जारी राखेको अवरोध हटाएर संविधान संशोधन विद्येयक अगाडि बढाउने र निर्वाचनको वातावरण तयार गर्न भन्दै प्रचण्डले देउवा र ओलीसँग छलफल गर्न चाहेको उनको सचिवालयले जनाएको छ ।
काँग्रेस सभापति देउवा निर्धारित समय ९ः३० मै बालुवाटार प्रवेश गरेका गरिसकेका थिए । प्रचण्ड र देउवाले औपचारिक कुराकानी गर्दै ओलीलाई डेढ घण्टा कुरे । ओली भने तोकिएको समयभन्दा १ घण्टा ३० मिनेटपछि ११ बजेतिर बालुवाटार गेटभित्र छिरे । छलफलमा तीव शीर्ष नेतामात्र सहभागी रहेको बालुवाटार स्रोतले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्