
- अर्थ सरोकार संम्वाददाता
काठमाडौं – प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रमुख तीन दलको बैठक सुरू भएको छ । केहीबेर अघि सुरु भएको बैठकमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एमालेका पहिलो र दोस्रो तहका नेताहरु सहभागी छन् ।
विहान ११ बजे नै बैठक सुरु हुने भनिएपनि एमाले अध्यक्ष केपी ओली एक घण्टा ढिलो गरी पुगेपछि बैठक ढीलो सुरु भएको प्रधानमन्त्रीको प्रेस सल्लाहकार गोबिन्द आचार्यले जानकारी दिए ।
काँग्रेस सभापति शेरबहादुर देउवा, एमाले नेताहरु झलनाथ खनाल र माधवकुमार नेपाल ११ बजे नै बालुवाटार पुगेका थिए । बैठकमा संविधान संसोधन विधयेक, महाअभियोग प्रस्ताव र चुनावका विषयमा प्याकेजमा छलफल हुने नेताहरुले बताएका छन् ।
तत्काल चुनाव घोषणा हुनुपर्ने माग गर्दै आएको एमालेलाई आज सत्तारुढ दलले तिनै तहको चुनावको मिति सहितको कार्यतालिका दिएर छलफल गर्ने तयारी गरेका छन् । बैठकले गतिरोध अन्त्यका लागि ठोस निश्कर्ष निकाल्ने नेताहरुको भनाई छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्