- अर्थ सरोकार संम्वाददाता
काठमाण्डौ – राष्ट्र बैंकले मर्जर प्रक्रियामा रहेका विभिन्न बैंकहरुलाई अन्तिम तथा सैदान्तिक स्वीकृति दिएको छ । बिहीबार बिहान बसेको सञ्चालक समितिको वैठकले विभिन्न बैंकहरुलाई स्विकृति दिएको हो।
कुन कुन बैंकले पाए स्वीकृति
- लक्ष्मी बैंकलाई प्रोफेसनल दियालो विकास बैक खरीद गर्न अन्तिम स्वीकृति
- जनता बैंकलाई त्रिवेणी डेभलपमेन्ट बैंकलाई गाभ्न सैद्धान्ति सहमति
- कुमारी बैंकसँग गाभिनका लागि काष्ठमण्डप डेभलपमेन्ट बैंक, महाकाली विकास बैंक, काँक्रे विहार विकास बैंक र पश्चिमाञ्चल फाइनान्सलाई सैद्धान्तिक सहमति