Skip to content
LAXMI SUNRISE BANK

बैंक अफ काठमाण्डौ लुम्बिनीले गर्यो लाभांश घोषणा

अर्थ सरोकार

  • अर्थ सरोकार संम्वाददाता 

काठमाण्डौ – बैंक अफ काठमाण्डू लुम्बिनीले आफ्ना लगानीकर्तालाई २३ प्रतिशत वोनस शेयर दिने प्रस्ताव गरेको छ। बैंकको विहिवार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट लगानीकर्तालाई २३ प्रतिशत अर्थात् एक अर्व पाँच करोड २६ लाख रुपैयाँ वितरण गर्ने प्रस्ताव गरेको नेप्सेले जनाएको छ ।  
उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि र  बैंकको साधारण सभाको पारीत गरेपछि वितरण हुनेछ। वोनस सेयर वितरण पछि बैंकको चुक्ता पूँजी पाँच अर्ब ६३ करोड रुपैयाँ पुग्नेछ। हाल बैंकको चुक्ता पूँजी ४ अर्ब ५७ करोड रुपैयाँ रहेको छ । 
बैंकले आर्थिक बर्ष  २०७२र७३ मा  ६५ करोड ५२ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । बैंक अफ काठमाण्डू र  लुम्बिनी बैंक  असार २९  गते मर्जर भई बैंक अफ लुम्बिनी लिमिटेड बनेको हो  ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK