
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – एक व्यक्तिले नेताकै स्वर मिलाएर बैंकबाट १ करोड रुपैयाँ झिकेको तथ्यको खुलासा भएको छ । माओवादीको शसस्त्र बिद्रोह सकिएलगत्तै बिभिन्न बैंक तथा फाईनान्सका उच्च पदस्थ कर्मचारीलाई फोन गरी धम्कीकै भरमा आफु माओवादी नेता जनार्दन शर्मा, अग्नि सापकोटा, हिमाल शर्मा भन्दै बैकबाट पैसा लिने गरेको तथ्यको खुलासा भएको हो ।
थोरै फिर्ता गरे, मोटो रकम लिएर टाप !
उनले सुरुसुरुमा थोरै रकम माग्ने गरेका थिए । आफु नेता भएको भन्दै उनले मागेको थोरै रकम समयमै फिर्ता समेत गर्ने गरेका थिए । तर बैंकबाट १ करोड झिकेर भने उनी भागेका थिए । मोटो रकम लिएरभागेपछि बैंकले सम्बन्धित नेतालाई फोन गर्दा नेताहरुले आफ्ना उक्त बैंकमा खाता नै नभएको बताएपछि प्रहरीले यसको अनुसन्धान शुरु गरेको थियो ।
को हुन् यी ठग ?
प्रहरीको अनुसन्धानबाट प्युठान घरभएका ईश्वरीप्रसाद पोखरेल भैरहवाबाट पक्राउ परेका हुन । उनले यस्तो हर्कत गर्ने गरेको प्रहरीको भनाइ छ । उनले तत्कालिन किष्ट बैंक, नबिल बैकमा ठगी गरेको खुल्न आएको छ । केही महिनापछि महानगरीय अपराध महाशाखाके टोलीले उनलाई बुटवलबाट पक्राउ र्गयो । प्रहरीले पक्रन खोज्दा उनी भाग्न खोजेपनि प्रहरी सफल भएको थियो । उनीविरुद्ध बाँके अदालतमा समेत ठगी मुद्दा चलेको छ । केही वर्ष भारतीय सेनामा समेत काम गरेका उनले भारतमै उनले राशनकार्ड बनाइसकेका थिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्