काठमाण्डौ – आफूले गैरकानुनी रुपमा लाभ लिई सरकारलाई हानी पुर्याएको आरोपको मुद्दमा माग गरेबमोजिमको ३० लाख रुपैयाँ धरौटी राखेर सशस्त्र प्रहरी बलका पूर्वमहानिरीक्षक वासुदेव ओली सोमबार थुनामुक्त हुनुभएको आजको छ ।
विशेष अदालतका सदस्यहरु भूपेन्द्रप्रसाद राई, नरेन्द्रकुमार शिवाकोटी र प्रभा बस्नेतको इजलासले ओलीसँग तीस लाख रुपैयाँ नगद वा जेथा लिई थुनामुक्त गर्न र नदिएमा थुनामा पठाउन उल्लेख गरिएको थियो ।
पूर्वमहानिरीक्षक ओलीबाट १ करोड १४ लाख ५४ हजार ४९ रुपैयाँ ५० पैसा भ्रष्टाचार भएको अख्तियारले दाबी गरेको छ ।आजको नेपाल समाचारपत्रमा खबर छ ।