
- अर्थ सरोकार संम्वाददाता
काठमाण्डौ – आसन्न निर्वाचनलाई मध्यनजर गर्दै जिल्ला निर्वाचन कार्यालय भक्तपुरले गाउँ गाउँमा फोटोसहितको मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम सुरू गरिएको छ । कार्यालयले भोलि पुस १ गतेदेखि आगामी माघ ५ गतेसम्ममा गाउँ(गाउँमा फोटोसहितको मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम सञ्चालन गर्ने जिल्ला निर्वाचन अधिकृत उमेश राईले जानकारी दिनुभयो दिए ।
जिल्लाका छवटा नगरपालिकाको सबै वडा कार्यालयमा दुई दिनका दरले ९३ स्थानमा नामावली सङ्कलन केन्द्र राखेर मतदाताको नामावली सङ्कलन तथा अद्यावधिक गरिने उहाँको भनाइ थियो । विसं २०७० को संविधानसभाको निर्वाचनअघि एक लाख ४९ हजार ५५८ मतदाता रहेकोमा हाल एक लाख ६३ हजार ५१० जना मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ ।
जसमा महिला ८३ हजार १७४ र पुरुष ८० हजार ३३५ तथा एकजना तेस्रोलिङ्गी मतदाता रहेका छन् । हाल कुल जनसङ्ख्याको ५३।६७ प्रतिशत मतदाता रहेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्