Skip to content
LAXMI SUNRISE BANK

विवाह पञ्चमी महोत्सवको आज दोस्रो दिन जन्ती बिदाई गरिने

अर्थ सरोकार

  • अर्थ सरोकार संम्वाददाता

काठमाण्डौ – सप्ताहव्यापी विवाह पञ्चमी महोत्सव अन्तर्गत सोमबार रामकलेवा अर्थात् जन्ती बिदाई गर्ने दिनका रुपमा मनाइने गरिन्छ। पौराणिक परम्परा अनुसार अयोध्याबाट आएका जन्तीलाई विवाह पश्चात बिदाई गर्ने परम्परा अनुरुप सोमबार रामकलेवा मनाइने भएको हो। 
 विधि विधान अनुसार रामकलेवामा अयोध्याबाट आएका जन्तीलाई सोमबार जानकी मन्दिरबाट भोजन गराई बिदाई गर्ने गरिन्छ। बिदाईका क्रममा मिथिलाको परम्परामा आधारित धोती, डोप्टा र पागले बिदाई गरिन्छ। 
 विवाह पञ्चमीको स्वयम्बरका दिन विवाह भएको जोडीहरुलाई जानकी मन्दिरको प्राङ्गणमा राखी उनीहरुले एक अर्का पक्षलाई गाली गर्दै ठटयौली गर्ने परम्परा समेत रहेको छ।  सप्ताहव्यापी विवाह पञ्चमी अन्तर्गत रामकलेवा अन्तर्गत बिदाईसँगै विवाह पञ्चमी महोत्सव सम्पन्न हुने गर्दछ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK