×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

तमु ल्होछारको अवसरमा राष्ट्रपति र प्रधानमन्त्रीले दिए शुभकामना

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

तमु ल्होछारको अवसरमा राष्ट्रपति र प्रधानमन्त्रीले दिए शुभकामना

१५ पुष २०७३, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

काठमाण्डौ – राष्ट्रपति विद्यादेवी भण्डारीले धर्म, संस्कृति, कला, रीतिरिवाज, चाडपर्व जोगाउन सबै समुदायले आफ्नो तर्फबाट प्रयास गर्नुपर्ने बताएकी छिन्। तमु ल्होछारको अवसरमा शुभकामना दिँदै राष्ट्रपति भण्डारीले सबै धर्म र संस्कृतिको सम्मान गर्दै राष्ट्रिय एकता र सामाजिक सद्भाव कायम गर्नुपर्ने उल्लेख गरेकी छिन्।
सबै नेपालीबीच आपसी एकता र सहिष्णुता कायम भई समृद्ध मुलुक निर्माण गर्न सफल हुने राष्ट्रपतिको सन्देशमा उल्लेख छ। तमु ल्होछारकै अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानन्त्री पुष्पकमल दाहालले गुरुङ समुदायमा नयाँ उत्साह र उमंग प्राप्त हुने विश्वास व्यक्त गरेका छन्। 
सन्देशमा ‘संविधानको स्वीकार्यता बढाएर त्यसको कार्यान्वयन गर्नु तथा हिमाल, पहाड र तराईका सबै जाति, भाषा, धर्म र समुदायको एकताका बलमा आर्थिक समृद्धिको दिशामा अगाडि बढ्नुपर्ने उल्लेख छ। प्रधानमन्त्री दाहालले राष्ट्रिय एकता र संविधान कार्यान्वयनको अभियानमा हातेमालो गर्न सबैसँग आग्रह गरेका छन्।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: