
- अर्थ सरोकार संम्वाददाता
काठमाण्डौ – युवा संघ जुम्लाले गृहमन्त्री विमलेन्द्र निधिको राजीनामा माग गरेको छ । युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्यामा संलग्नलाई कारबाही र पीडित परिवारलाई राहतको माग गर्दै गृहमन्त्री निधीको राजीनामा माग गरेको हो ।
नेकपा एमाले पार्टी कार्यालय जुम्लाबाट र्यालि निकालेर बजार परिक्रममा गरि शान्ति सुरक्षामा गृहमन्त्रीले कडाई गर्न निर्देशन नदिइएको भन्दै गृहमन्त्री निधीले सरकारमा बस्नुको औचित्य नहुने उनीहरुको बुझाई छ ।
जिल्ला प्रशासन कार्यालय अगाडी गरिएको कोण सभामा बोल्दै युवासंघ जुम्लाका अध्यक्ष आदीप्रसाद न्यौपानेले पछिल्लो समयमा देशैभर शान्ति सुरक्षाको अवस्था खस्कदै गएको बताए ।
न्यौपानेले गृहमन्त्रालय सम्हाल्ने व्यक्तिको लापरवाहीका कारण सुरक्षाको अवस्था मजवुद हुन नसकेको आरोप लगाए। ‘देशभरी भइरहेका हत्या, हिंसा, चोरी, डकैतीका घटनामा संलग्नलाई कारवाही गर्न नसक्नु वर्तमान सरकारको विडम्वना हो’ उनले भने ।
‘दिन दहाडै गोली चल्दा पनि सुरक्षा निकाय मौन बस्नुले देशको सुरक्षा अवस्था खस्केको संकेत दिन्छ’ उनले भने, ‘यसको नैतिक जिम्मेवारी लिँदै गृहमन्त्रीले राजीनामा दिनु पर्छ ।’
अखिलका केन्द्रिय सदस्य धिरज जैशीले युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्यामा संलग्नलाई कारवाही नहुँदासम्म आन्दोलन जारी राख्ने बताए। उनले सरकारले एक व्यक्तिको सुरक्षा गर्न सक्दैनन् भने कसरी नेपाली जनताले सुरक्षाको अनुभुति गर्ने भनेर प्रश्न गरे।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्