×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मूल्य वृद्धिविरुद्द विप्लव माओवादी द्धारा ६ गते बन्द तथा चक्काजामको घोषणा

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

मूल्य वृद्धिविरुद्द विप्लव माओवादी द्धारा ६ गते बन्द तथा चक्काजामको घोषणा

५ पुष २०७३, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

काठमाडौैं – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको माओवादीले नेपाल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेकामा आपत्ति जनाउँदै बन्द सहितको कार्यक्रम घोषणा गरेको छ । घोषित आन्दोलनको कार्यक्रम अनुसार पुष ६ गते बुधबार बिहान एक घण्टा चक्काजाम र बिहिबार उपत्यका बन्दको आयोजना गरिएको छ ।
पेट्रोलियम पदार्थमा गरेको मूल्य बृद्धिको विरोधमा ‘विप्लव’ माओवादीले बुधबार बिहान एक घण्टा चक्काजाम र बिहिबार उपत्यका बन्द गर्ने विज्ञप्तिमा जनाइएको छ । मूल्यबृद्धिको विरोधमा माओवादीले गत ४ गते आयल निगम घेराउ तथा प्रदर्शन गरेको थियो ।
पेट्रोलियम पदार्थको मूल्य वृद्धिले यातायात, खाद्यान्न, ढुवानी, जनताले प्राप्त गर्ने सेवासुविधालाई प्रत्यक्ष प्रभाव पार्ने भएकाले आन्दोलन गर्नुपरेको बताइएको छ । आन्दोलनमा विगतमा झैं सबै पक्षको सहभागिता, ऐक्यबद्धता, समर्थन र सहयोग अपेक्षा गरिएको विज्ञप्तिमा जनाइएको छ ।
मूल्य बृद्धिले सर्वसाधारण जनताको दैनिक जीवनलाई झनै कष्टकर बनाउने भएकाले अबको बन्द सरकार र दलाल पुँजीवादीहरुको मिलोमतोमा देशमा जनताको जीवनलाई धरापमा पार्नेगरी मुल्यबृद्धि गरेकोले विरोधमा उत्रिनुपर्ने विप्लव माओवादीले जनाएको छ ।
आइतबार राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रेलमा प्रतिलिटर ४ रुपैयाँ ५० पैसा,डिजेल र मटितेलमा लिटरको ४ रुपैयाँ ५० पैसा बढाएको छ । नयाँ मूल्य अनुसार पेट्रोलमा १०१ रुपैयाँ ५० पैसा डेजेल र मट्टितेलको मूल्य ७७ रुपैयाँ ५० पैसा पुगेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: