काठमाण्डौ – सार्वजनिक सवारी सञ्चालन हुने कुन रुटमा कति सवारी सञ्चालन हुन्छन् भन्ने एकिन तथ्यांक सरकारसँगै नरहेको पाइएको छ । सरकारले जथाभावी सवारी आयात र रुट इजाजत दिँदा यस्तो अवस्था देखिएको हो ।
लामो तथा मध्यमखाले रुटमा केही तथ्यांक भए पनि सहरी तथा स्थानीय रुटमा भने कति ठाउँमा बाटो र रुट कायम भए यातायात व्यवस्था विभागसँग छैन । सहरी तथा स्थानीयस्तरमा कति बाटो कामय भए भन्ने एकीकृत विवरण नै भेटिँदैन । आजको कारोबार दैनिकमा खबर प्रकाशित छ ।