
- कृष्णा चौलागाईं
एउटा तस्विर भेटें सामाजिक सञ्जालमा । कसले किन राख्यो यो तस्विर थाहा छैन । तर यो तस्विरमा केहि खास पक्कै छ । कहिले पनि नमिल्ने भन्ने कुकुर र विरालोसँगै सुतेको यो तस्विर देखेर अचम्म पर्नेहरु पनि छन् । स्वाभाविक रुपमा हुन्छन् पनि । कारण धेरै पहिला देखिनै नमिल्ने जात भनेर मानिएका प्राणी हुन्, कुकुर र विरालो ।
केहि समयअघि नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज (नेप्से) बीचको विवाद सतहमै आयो । सबै जनताले भित्र भित्रको लडाई थाहा पाए । एक अर्काको आलोचना जनताले सुने । अनावश्यक हस्तक्षेप गरेको आरोप लगाइरहेको नेप्सेका विरुद्ध बोर्डले बजार सुधार गर्नै नचाहेको भन्दै आलोचना गर्यो भने आफुलाई काम गर्न नदिएको भन्दै नेप्सेले धीतोपत्र बोर्डलाइ आरोप लगायो ।
यी दुइ निकायवीचको आन्दोलनले लगानीकर्ता मारमा परेका छन् । अनलाइन ट्रेडीङ सिष्टम आउन ढीलो भइरहेको छ भने गैर आवासीय नेपालीहरुलाई नेपाली पूँजी बजारमा भित्र्याउने कुरा पनि अन्यौलमै छ । बैंकहरुलाई लाइसेन्स दिने कुरामा पनि दुवै संस्थाले एक अर्कालाई दोष थुपारीररेका छन् ।
यसै बीच धेरै लगानीकर्ताहरुले नेप्से र नेपाल धीतोपत्र बोर्ड कुकुर र बिरालो जस्तै भएको समेत आरोप लगाएका छन् । तर कुकुर र बिरालो नै सहि, मिल्न त सकिने रहेछ नि भन्ने कुरा यो तस्विरले प्रमाणित गरिदिएको छ । तस्विर कसले खिचेको हो मलाइ थाहा छैन । तर जसले खिचेको भएपनि उनलाई धन्यवाद छ । नेप्से र नेपाल धीतोपत्र बोर्डले पनि यो तस्विरबाट केहि सिके जनतालाई कति राहत हुने थियो होला ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्