×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भरतपुर क्यान्सर अस्पताललाई अनियमितताको क्यान्सर

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

भरतपुर क्यान्सर अस्पताललाई अनियमितताको क्यान्सर

Artha Sarokar

६ पुष २०७३, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाण्डौ – भरतपुर क्यान्सर अस्पतालमा उपकरण खरिद, व्यवस्थापनलगायत विषयमा ठूलो आर्थिक अनियमितता भएको सरकारी छानबिन टोलीले देखाएको छ ।
व्यवस्थापकीय हिसाबले अस्पताल अधोगतिमा लागेको उजुरी र गुनासोपछि स्वास्थ्य मन्त्रालयले बनाएको उच्चस्तरीय छानबिन टोलीले अनियमितता भएको ठहर गरेको हो ।
टोलीको प्रतिवेदन आउनेवित्तिकै स्वास्थ्यमन्त्री गगन थापाले अस्पतालका अध्यक्ष र कार्यकारी निर्देशकसँग स्पष्टीकरण सोधेका थिए ।
छानबिनका क्रममा टोलीले आर्थिक रुपमा वाषिर्क बजेटभन्दा बढी र स्रोत नै सुनिश्चित नभई २६ करोडौं रुपैयाँभन्दा बढी खर्च भएको देखिएको तर करोडौं मूल्यका उपकरण खरिद प्रक्रियामा आपसी विवादका कारण अड्किएको जनाएको छ । आजको नागरिक दैनिकमा समाचार छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी