×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देश जाँदा अब चुप लाग्दिँन : सांसद चन्द्र भण्डारी

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

देश जाँदा अब चुप लाग्दिँन : सांसद चन्द्र भण्डारी

५ पुष २०७३, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता

काठमाडौं – हिजो मेरो धर्म जाखिममा पर्दा म केही बोलिन अब देश टुक्रा टुक्रा हुदै छ अब चुप लागेर हुदैन नेपाली कांग्रेसका प्रभावशाली नेता तथा सांसद चन्द्र भण्डारीले सिंहदरवार र बालुवाटारको निर्देशन पालना गरेपनि दिल्ली र लैनचौरको निर्णय मान्न आफुहरु तयार नभएको कडा प्रतिक्रिया सहिद यसो भने ।
 नेपाली कांग्रेस पार्टीका सभापति शेरबहादुर देउवा प्रति लक्षित गर्दै उनले  विबेकबाट चल्न नेताहरुलाई सुझाव समेत दिएका छन् ।
नेपालको निर्णय सिंहदरवार, वा बालुवाटारले गर्नेकी दिल्ली र लैनचौरले गर्ने  संशोधन प्रस्तावका विपक्षमा उभिएका नेता भण्डारीले भने ‘मेरो धर्म गयो, संस्कृति गयो, भाषा, भेषभूषा सबैथोक गयो तर बोलिनँ । किन भने मेरो देश छ, एक दिन बनाउँला भन्ने थियो । तर देश पनि जान थाल्यो भने के गर्नुहुन्छ रु मन्त्रीको आशमा म चुप लागेर बस्दिँन । कांग्रेसको फिलोसोफी नै ‘बादे बादे जायते तत्वबोध’ हो । 
राष्ट्र रहे प्रजातन्त्र रहन्छ, राष्ट्र नै नरहे कहाँ रहन्छ प्रजातन्त्र ’उनले भने ।  उनले मिलेर बसेको र बनेको प्रदेश नम्वर ५ लाई नटुक्राउन नेताहरुलाई चुनौति दिएका छन् ‘इलाम र झापाका मान्छेहरुले के चाहन्छन  सप्तरी, सिरहा, धनुषा र पर्साका जनताले के चाहन्छन रु त्यो कुराको मतलव छैन’ भण्डारीले भने ‘डेमोक्रेसीमा जनताको मतको कुनै अर्थ हुँदैन भने किन हामी लडेको ’
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: