- अर्थ सरोकार संम्वाददाता
काठमाण्डौ – जाजरकोटमा अवैध रुपमा चरेसक किनबेच गर्न लाग्दा दुई जना पक्राउ परेका छन्। ७ किलो चरेस र ७९ हजार नगद सहित वौवस्ता ८ बाँकेकी तुलसा शाही र हरिबहादुर वमलाई छेडाबाट प्रहरीले आइतबार पक्राउ गरेको हो।
चरेश किनबेचका लागि मोलमोलाई गरिरहेको अवस्थामा गस्तीमा खटिएको प्रहरीले उक्त लागू औषध चरेस बरामद गरेको प्रहरी निरीक्षक सुवास भट्टले जानकारी दिए । जाजरकोटबाट सुर्खेततर्फ जाँदै गरेको बस रोकिएका बेला एकान्तमा गएर कुरा गरिरहेका शाही र वमलाई शंका लागि शरीर र झोला खानतलासी गर्दा शाहीको जेब्रा झोलाभित्र प्लाष्टिकमा पोको पारेर राखेको ७ किलो चरेस तथा वमको झोलाबाट ७९ हजार नगद बरामद भएको प्रहरी निरीक्षक भट्टले बताए।
उनीहरुलाई प्रहरी हिरासतमा राखेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। जिल्लाका बिभिन्न ठाउँबाट एक हप्ताभित्र ५ जना लाई पक्राउ गरिसकेको छ। पक्राउ पर्नेमा धेरैजसो महिला रहेका छन्।