×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

युरोपमा वाइवाइ चाउचाउ उत्पादन गर्दै चौधरी ग्रुप

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

युरोपमा वाइवाइ चाउचाउ उत्पादन गर्दै चौधरी ग्रुप

१५ पुष २०७३, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – चौधरी ग्रुपले युरोपमा पनि वाइवाई चाउचाउको उत्पादन सुरु गर्ने भएको छ । युरोपेली राष्ट्र सर्बियाको रुमा सहरमा वाइवाई प्लान्ट स्थापना अन्तिम चरणमा पुगेको चौधरी ग्रुपले जनाएको छ ।
युरोपेली महाद्वीपमा चौधरी ग्रुपको यो पहिलो उद्योग हुने र चौधरी युरोपबाट तयारी चाउचाउको उत्पादन थाल्ने नेपालको पहिलो व्यावसायिक समूह हुने कम्पनीले जनाएको  छ ।
सर्बियाबाट निकट भविष्यमै वाइवाईको व्यावसायिक उत्पादन सुरु हुने ग्रुपले जनाएको छ । त्यहाँबाट उत्पादित चाउचाउ युरोपेली बजारमा वितरण गरिने छ । सर्बियामा स्थापित उद्योगले पहिलो चरणमा करिब चार सयलाई रोजगारी दिनेछ ।
उत्पादन र वितरण सुरु हुँदासम्म १२ सयभन्दा बढीलाई रोजगारी प्रदान गर्ने चौधरी ग्रुपले जनाएको छ । वाइवाई विश्वका ३० मुलुकमा उपलब्ध रहेको ग्रुपको भनाइ छ ।आजको नयाँपत्रिका दैनिकमा खबर छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी