
एजेन्सी – चीनले आफ्ना नागरिकलाई नेपाल भ्रमण नगर्न हतोत्साही गर्ने हिसाबले कुनै सूचना या सन्देश जारी नगरिएको बताएको छ । चिनियाँ पक्षले बेइजिङस्थित नेपाली दूतावासलाई उक्त जानकारी गराएको हो ।
चीनका लागि नेपाली राजदूत लीलामणि पौड्यालले चीनले आफ्नातर्फबाट नेपाल भ्रमणमा नजान भनी सूचना जारी गरेको भन्ने मिडियामा आएका समाचार सत्य नरहेको बताए । ‘हामीले चिनियाँ विदेश मन्त्रालय र पर्यटन मामिला हेर्ने निकायसँग यसबारेमा सोधपुछ गर्यौं तर नेपाल भ्रमण नगर्न आफ्ना नागरिकलाई आग्रह नगरिएको चिनियाँ अधिकारीले बताए’, पौड्यालले भने ।
केही चिनियाँ नागरिकले गत साता नेपाल भ्रमण रद्द गरे पनि उनीहरूले पुनः भ्रमणमा जान टिकट लिइसकेको उनले बताए । ‘केही चिनियाँ नागरिकले नेपाल भ्रमण रद्द गरे पनि उनीहरूले फेरि टिकट बुकिङ गरिसकेका छन्’, उनले भने ।
नेपालस्थित चिनियाँ दूतावासका अधिकारीले नेपाल भ्रमणमा नआउन आफ्ना नागरिकका लागि कुनै सूचना जारी नभएको बताए । ‘मिडियामा आएका समाचारमा कुनै सत्यता छैन । बरु हामी नेपालमा धेरै चिनियाँ नागरिक भ्रमणमा आऊन् भन्ने चाहन्छौं’, दूतावासका अधिकारीले भने ।
चीनको चेङ्दुस्थित पर्यटन हेर्ने निकायले त्यहाँका टुर अपरेटरमार्फत चिनियाँ नागरिकलाई नेपाल भ्रमणमा नजान सूचना जारी गरेको समाचार केही मिडियामा आएको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्