×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चीनिया कम्युनिष्ट पार्टीको कार्यालयमा आतंकवादी हमला, ५ जनाको मृत्यु

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

चीनिया कम्युनिष्ट पार्टीको कार्यालयमा आतंकवादी हमला, ५ जनाको मृत्यु

१४ पुष २०७३, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

एजेन्सी – चीनको सेन्ज्याङ प्रान्तमा रहेको कम्युनिष्ट पार्टीको कार्यालयमा आतंकवादी हमला भएको छ । चिनियाँ प्रहरीका अनुसार घटनामा संलग्न चार जना प्रहरी कारवाहीमा मारिएका छन् ।
काराकाक्स काउन्टीमा रहेको उक्त भवनमा चारजना व्यक्तिले गाडी ठोक्काउँदै विस्फोट गराएका थिए । उक्त विस्फोटमा एक जनाको मृत्यु भएको र तीन जना घाइते भएको बताइएको छ ।
चिनियाँ मिडियाले उक्त हमला आतंकवादीले गराएको बताएका छन्  । सिन्ह्वाले घटनामा संलग्न चार जनाको विस्फोटमा मृत्यु भएको वा प्रहरी कारवाहीमा मारिएको भन्ने खुलाएको छैन ।
चीनको सबैभन्दा ठूलो प्रान्त सेन्ज्याङ स्वायत्त राज्य रहेको छ । यसको सीमामा ८ वटा देश रहेका छन् जसमा सोभियत सेन्ट्रल एसियन रिपब्लिक, मंगोलिया, अफगानिस्तान, पाकिस्तान र भारत रहेका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: