×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चीनले भारतलाई काउन्टर दिदै नेपालमा ब्यापारिक आपुर्ति बढायो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

चीनले भारतलाई काउन्टर दिदै नेपालमा ब्यापारिक आपुर्ति बढायो

Artha Sarokar

२६ मंसिर २०७३, आईतवार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

काठमाडौं- चीनले नेपाल तर्फ सन् २००५ पछिकै सबैभन्दा ठूलो परिमाणको २ दशमलव ८ मिलियन डलर बराबरको सामान नेपाल तर्फ पठाएको छ ।
चीनले नेपालतर्फको सीमा क्षेत्रमा विकाश गरेको मैत्री सडक निर्माण भएपछि चीनले पहिलो पटक यतिका धेरै परिणाममा सामान नेपाल तर्फ पठाएको चीनको सरकारी सिन्हवा समाचार समितिले जनाएको छ ।
सिन्हवाका अनुसार जुत्ता, कपडा, ह्याट, फर्निचर, भान्साका सामग्री लगायतका सामान ५२०० किलोमिटरको रेल यात्रा पछि ट्रक हुँदै काठमाडौंका लागि दिशा लिइसकेका छन् । चीनको ग्याङडोङ प्रान्त देखि तिब्बतको सिगात्से सम्म आइपुग्ने ती सामाग्री ६ हजार किलो मिटर दुरी पार गरेर नेपाल आइपुग्नेछन् ।
भारतमा चिन्ता
नेपालको हिमाली क्षेत्र हुँदै छिचोलेको सडकमार्ग भएर यो सामान काठमाडौं आइपुग्ने छ । चीनले पछिल्लो पटक पठाएका सामानमा दैनिक प्रयोग हुने अत्यावश्यकीय सामान र विद्युतीय सामाग्रीले भारतीय बजार नाराम्रोसँग प्रभावित हुने भन्दै टाइम्स अफ इण्डियाले चिन्ता प्रकट गरेको छ ।
अहिले सम्म नेपालको बजारमा भारतको एकाधिकार जस्तै रहँदै आएकोमा चीनले भारतलाई काउन्टर दिन ब्यापारिक आपुर्ति ह्वात्तै बढाएको समेत उक्त समाचार माध्यमले लेखेको छ । सिन्हवा समाचार समितिका अनुसार नेपाल आउने सामाग्री बोकेका दर्जनौं ट्रक तिब्बतको नेपाली सीमा क्षेत्र केरुङहुँदै काठमाडौं आउने जानकारी दिएको छ ।
टाइम्स अफ इण्डियाले चीनले नेपाललाई गत वर्षको नाकाबन्दीपछि भारतमाथिको निर्भरता कम गर्न उक्साइरहेको समेत लेखेको छ । पछिल्लो समयमा नेपाल भारतसँगको एकल निर्भरता तोड्दै चीनसँग दुरसञ्चार, इन्टरनेट र विद्युतीय सामग्रीमा चीन तर्फ निर्भर बन्न थालेको समेत उक्त समाचार माध्यमको दावी छ ।
नेपाल र चीनबीच गत साता मात्र चिनियाँ कन्टेनरको आवत जावतका लागि सम्झौतामा हस्ताक्षर भएको थियो । गत महिना नेपाल टेलिकमले चिनियाँ टेलिकमका सामग्री प्रयोग गर्ने गरी सम्झौता गरेको थियो । ‘प्रचण्ड चिनियाँ राष्ट्रपति शी जिनपिङलाई नेपाल भ्रमण गराउन चाहन्छन्’ 
 टाइम्स अफ इण्डियाले विश्लेषकहरुलाई उद्धृत गर्दै लेखेको छ, “उत्तरी छिमेकीबाट नेपालतर्फ आइरहेको सामाग्रीको बहावले चीनले नेपालसँग रेलको सञ्जाल जोड्ने कुरालाई बल पुर्‍याउने छ” ।
नेपालका प्रधानमन्त्री प्रचण्डले यो कुरालाई प्रोत्साहित गरिरहेका छन् किन भने उनी चिनियाँ राष्ट्रपति शी जिनपिङलाई नेपाल भ्रमण गराउन चाहन्छन् । यस्तो भ्रमणले उनको छविलाई मद्दत पुर्‍याउँछ”, एक विश्लेषकको उद्दरण दिँदै टाइम्स अफ इण्डियाले लेखेको छ ।
ती विश्लेषकको विचारमा चीनले पनि प्रचण्डको सरकारको आयु लम्बियोस भन्ने चाहेको छ किन भने शेरबहादुरले हालै तिब्बती प्रधानमन्त्रीलाई भेटेर चिनलाई चिढ्याएका छन् । चीनले भारतीय सामानसँग नेपाली बजारमा प्रतिस्पर्धा गर्न सकोस् भनेर त्यस्ता सामानमा कर छुट तथा अनुदान समेत दिएको दावी टाइम्स अफ इण्डियाले गरेको छ ।
पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको समयमा नेपाल र चीनबीच २ देशलाई रेल सञ्जालले जोड्ने सम्झौतामा हस्ताक्षर भएको थियो । नेपालले चीनसँगको रेल मार्ग अध्यन गर्न भन्दै बजेट समेत छुट्टाएको छ । चीनको ग्याग्झोउ देखि केरुङ सम्म सामान आइपुग्न २० दिनको समय लाग्छ । तर यसलाई ३७ केवल साढे ३ दिनमा छोट्याउनका लागि चीनले रेल सञ्जाल विस्तार गर्न चाहेको छ ।

  • एसियन समाचार 
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी