
चीनले ग्वान्जाओ शहरबाट नेपालका लागि मालवाहक रेल पठाएपछि भारत शशंकित बनेको छ। यसअघि चीनले नाकाबन्दीको समयमा गत बैसाखमा मालवाहक रेल ग्वान्जाओबाट पठाएको थियो ।
चिनिँया समाचार संस्था सिन्ह्वाका अनुसार रेलमा रेडिमेड, लत्ताकपडा, मोबाइल, इलेक्ट्रिकल, फर्निचर लगायतका समान छन्। चिनियाँ सामान भारतको कोलकता बन्दरगाहबाट वीरगञ्ज हुँदै आइरहेकोमा चीनले स्थल मार्ग बाट नै पठाएको हो । यसरी सामान झन्डै २ हप्ता छिटो आईपुग्छ हो ।
चीनले रेल मार्फत सामान पठाए लगत्तै भारतले नेपाल – भारत सीमामा मालबाहक सवारीलाई केहि अबरोध गरेको थियो । साथै भारतीय मुख पत्रको रुपमा चिनिने टाइम्स अफ इन्डियाले चीनको कदमले नेपालमा रहेको आफ्नो भारतको बजार गुम्ने चिन्ता व्यक्त गरेको थियो । टाइम्स अफ इन्डियाले लेखेको थियो, चीनले नेपालमा सामानको ठूलो खेप पठाएर भारतसँग प्रतिस्पर्धा गर्न खोजेको छ, यो कदमले नेपाली बजारमा भारतीय व्यापारको स्वतन्त्र प्रतिस्पर्धाविहीन पहुँचलाई नराम्रोसँग प्रभावित गर्नेछ।
चीनले भारतीय संचार माध्यमले दिएको त्यस अभिव्यक्तिको चेतावनीयुक्त जवाफ फिएको छ । चीन सरकारको मुखपत्रको रुपमा चिनिने ‘ग्लोबल टाइम्स’मा उक्त चेतावनीयुक्त लेख छापिएको हो ।
ग्लोबल टाइम्सको लेखमा भारतलाई चेतावनीयुक्त शब्दमा भनिएको छ ‘चीनले नेपालमा सामान पठाउँदा आफ्नो बजार गुम्नेमा शशंकित भए त्यसले अन्त्यहीन समस्या निम्तने छ । चिनियाँ सामानले भारतीय सामानलाई बिस्थापित नगर्ने स्पष्ट पार्दै भनिएको छ ‘ जब अन्य देशहरुसंगको संबन्ध र समझदारीको कुरा आउंछ , तब भारत र चीन दुवैले अत्यधिक संबेदनशील बन्नु हुदैन ‘।
नेपालले यस क्षेत्रको समग्र बिकासको लागि आफु दुई ठुला देशहरु बिच पुलको भूमिका खेल्न र त्यसबाट सबैले फाइदा लिन सक्ने वातावारण बनाउन तयार रहेको बताएको स्मरण गराउदै भनिएको छ ‘ यसपछि चीनले नेपाललाई समान निर्यात गर्ने मात्र होइन् , नेपाल र भारतबाट आयात पनि गर्न सक्छ ‘।
लेखमा भनिएको छ ‘समुन्द्रबाट सामान ओसार पसार गर्दा धेरै समय लाग्ने भएकाले चीनले गत मे महिना देखि स्थलमार्गबाट सामान पठाउन थालेको हो , यदि यसलाई भारतले आफु माथिको चुनौतीका रुपमा लिन्छ भने यसले भबिश्यमा अन्त्यहीन समस्या निम्त्याउने छ। साथै चीनले सामान ओसार पसारमा लाग्ने समय अझ कम गर्न रेल मार्गलाई तिब्रताका साथ अघि बढाउन लागेको भन्दै भारतलाई यसबाट शशंकित नहुन र अन्य दुई देशको सम्बन्धको सम्मान गर्न आग्रह गरेको छ ।
अर्को प्रसङ्ग झिक्दै चीनले भनेको छ ‘मंगोलियाको आर्थिक संकट कम गर्न भारतले गरेको १ बिलियन डलर बराबरको सहयोगलाई हामीले दुई देश बिचको सहयोग र सम्बन्धको रुपमा लिएको छौ, यसलाई हामी भारतको चुनौती ठान्दैनौ र संबेदनशील हुन्नौ । भारतीय पत्रिका ‘द हिन्दु’ ले ‘चीनले नाकाबन्दी लगाएपछि मंगोलियाले भारतको साथ खोजेको’ भन्दै समाचार प्रकाशन गरेको थियो ।
चीनले भनेको छ ‘ मंगोलियाको अर्थतन्त्र चीनमा निर्भर छ, मंगोलियाको ९० प्रतिशत आयात निर्यात चीनसंग हुन्छ, यस कारणले छोटो समयमा भारतले मंगोलिया माथि अधिकार जमाउन सक्दैन’ । अगाडी चीनले भनेको छ ‘यदि भारतले मंगोलियालाई १ बिलियन डलर घुस दिएर फकाउन खोजेको हो भने त्यो कदापी सम्भव हुने छैन’ ।
अन्त्यमा भारतलाई सुझाव दिदै चीनले भनेको छ ‘ यस क्षेत्रको आर्थिक मुद्दामा भारतले सहभागिता जनाए चीनले त्यसको स्वागत गर्छ तर त्यो सम्भव हुनको लागि चीनको अन्य देशको सम्बन्धलाई भारतले चुनौतीको रुपमा नभई स्वतन्त्र भएर सोच्नु पर्छ । यसो गर्न नसके भारतले ठुलो मूल्य चुकाउनु पर्ने छ साथै भारत चीन सम्बन्धमा पनि दरार आउन सक्छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्