×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चिनियाँ नेता लिउले भेटेनन् देउवा र ओलीलाई

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

चिनियाँ नेता लिउले भेटेनन् देउवा र ओलीलाई

५ पुष २०७३, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

काठमाडौं – तीन दिने नेपाल भ्रमणमा आएका चिनियाँ कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य लिउ छि पाओले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटघाट गरे ।
उनले उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महरासँग पनि भेटवार्ता गरे । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र चिनियाँ दूतावासको सहयोगमा सरकारले आयोजना गरेको नेपाल–चीन महोत्सवको सोमबार उद्घाटन गरे । भक्तपुर दरबार स्क्वायरको भ्रमण गरे ।
तर, उनले मुलुककै ठूलो र पुरानो पार्टीका सभापति शेरबहादुर देउवालाई भेटेनन् । साथै, प्रमुख प्रतिपक्ष एमालेका अध्यक्ष केपी ओलीसँग पनि भेटेनन् । आफू अस्वस्थ भएको भन्दै उनले देउवा र ओलीसँग भेट गरेनन्, कूटनीतिमा यसलाई अर्थपूर्ण रूपमा लिइन्छ ।
लिउले कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीसँग दरबारमार्गस्थित होटल अन्नपूर्णमा भेट्ने तय थियो । तर, स्वास्थ्यको कारण उनले भेट गर्न चाहेनन् । देउवा र ओलीसँग भेटवार्ता गर्न पाओले प्रचार विभागका उपप्रमुख गुओ येझाओलाई पठाएका थिए ।
चिनिया कम्युनिस्ट पार्टीका उपनेता गुओ येझाओ नेतृत्वको प्रतिनिधिमण्डलले सोमबार बेलुका ५ बजे बुढानिलकण्ठस्थित निवासमा शिष्टाचार भेटघाट गर्यो । देउवाले नेपालको वर्तमान राजनीतिक घटनाक्रम र संविधान कार्यान्वयन सम्बन्धमा चिनियाँ प्रतिनिधिमण्डले राखेको चासोको विषयमा जानकारी गराउँदै नेपाल सधैं एक चीन नीतिको पक्षमा रहेको बताए ।
चीन सरकारको प्रतिनिधित्व गर्दै नेपाल आएका नेताले नेपालका पहिलो र दोस्रो पार्टीका प्रमुखलाई बेवास्ता किन गरे त रु भन्ने चासो राजनीतिक वृत्तमा सुरु भएको छ ।
संविधान संशोधनका विषयमा सत्ता पक्ष र प्रमुख प्रतिपक्षबीच द्वन्द्व सुरु भएका बेला चिनियाँ उच्च नेताले ठूला पार्टीका प्रमुखलाई भेट गर्न नचाहेको स्रोतले बतायो । यस विषयमा कांग्रेस र एमालेले औपचारिक रूपमा पार्टीका तर्फबाट कुनै कुरा सार्वजनिक गरेको छैनन ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: