Skip to content
LAXMI SUNRISE BANK

सिटामोलका लागि एक दिन पैदल

अर्थ सरोकार

काठमाण्डौ –  जिल्लाका दुर्गम भेगका स्थानीय सिटामोल लिन स्वास्थ्य संस्था पुग्न एक दिन हिँड्न बाध्य छन् । भौगोलिक विकटताका कारण सामान्य रोगको उपचार पनि स्थानीयलाई सहज छैन ।आजको राजधानी दैनिकमा खबर छ ।
पायक पर्ने ठाउँमा स्वास्थ्य संस्था नहुँदा दुर्गम गाउँका बासिन्दा सामान्य स्वास्थ्य उपचार सेवाबाट बञ्चित छन् ।
‘गाउँबाट अस्पताल पुग्न एक दिन लाग्छ, त्यसैले घरेलु उपचारमै गाउँले निर्भर हुनु परेको हो ’, पुजारु ९ टीकाचौरका स्थानीय यमलाल पुनले भने, ‘उपचारका लागि बिरामीलाई अस्पताल लानु भन्दा गाउँलेहरु धामीझाँक्रीकै भर पर्छन् ।’
जिल्लाका अति दुर्गम गाविस दहको जुर्क, निपाने पजारुका् टीकाचौर, रुव ढिम्को समाइला, धनरासी भगवतीको सिउन, सीमाको लयकाँडालगायतका गाउँका बासिन्दा स्वास्थ्य सेवाबाट टाढा रहेका छन् ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK