
- अर्थ सरोकार सम्बाददाता
आखिर किन घट्यो त रेमिट्यान्स ? विदेश जाने कामदार घट्नु, विदेशमा नेपाली कामदारको माग हुनु लगायतका कारणहरु पर्दा अगाडी आएका छन् । तर त्योभन्दा डरलाग्दो कुरा भने रेमिट्यान्स कम्पनीभित्र हुने गरेको मनपरी र रेमिट्यान्स कम्पनीकै कर्मचारीको मिलेमतोमा हुने हुण्डीको कारोबार भएको स्रोतको दावी छ ।
बुझ्दैजाँदा त्यसरी पैसा पठाउन केहि सस्तो भएको उनका आफन्तले बुझे । यिनी त प्रतिनिधि पात्र मात्र हुन् । यसरी रेमिट्यान्सको नाममा हुण्डीको कारोबारको सिकार भएकाहरु थुप्रा छन् नेपालमा । पैसा रेमिट्यान्स कम्पनीबाट नै भनेर आउँछ नेपालमा । तर नेपालमा काठमाडौँको कुनै साखाबाट काठमाडौँको अर्को साखा वा देशभरका अन्य साखामा पैसा पुग्छ । तर विदेशबाट नेपाल पैसा पठाईएकै हुँदैन । अर्थात विदेशमा रहेको रेमिट्यान्स कम्पनीमा उक्त रकम इन्ट्रीनै भएको हुँदैन । यसरी रेमिट्यान्स कम्पनीबाट पठाएको देखिएपनि पैसा नेपालभित्रै चलीरहेको हुन्छ, जसका कारण विदेशबाट आउने रेमिट्यान्सवापतको राजश्व गुमीरहेको छ । अर्थात सिटि एक्सप्रेसभित्र भित्रै हुण्डीको ठूलो जालो छ ।
हामीले यसबारे बुझ्न सिटि एक्सप्रेसमा समेत सम्पर्क गरेका थियौं । तर सम्बन्धित विभागमा फोन ट्रान्सफर गराइदिए पनि उक्त विभागको फोन नै उठेन । यसरी सञ्चारकर्मीले प्रतिक्रिया माग्दा फोन नउठाउने र यसबारे प्रतिक्रिया नदिने रबैयाले सिटि एक्सप्रेसभित्रको कालो कर्तुत झनै प्रष्ट भएको छ ।
हाम्रो अघिल्लो न्यूजस्टोरी :
सिटि एक्सप्रेसमा मनपरी, भित्रभित्रै हुण्डीको कारोबार !

‘भष्ट्राचारको आरोपमा निलम्बनमा परी सफाई पाएको भनिएका डोलराज शर्माको सिटि एक्प्रेसमा अहिले गतिलै हालीमुहाली छ ।’ स्रोत भन्छ, ‘डोलराज शर्मा र एसओएस मेनपावरका संचालक होम बहादुर गुरुङको हालिमुहाली सिटि एक्प्रेसमा हुने गरेको छ । सिटि एक्सप्रेसका उपाध्यक्ष समेत रहेका डोलराज यसअघि नेपाल सरकारको अधिकृत पदमा रहंदा भ्रष्टाचार प्रकरणमा मुछिएका थिए । ‘लामो समय निलम्बनमा परेका उनले पछी पैसा र पावरकै भरमा आफ्नो मुद्धालाई किनारा लगाएका थिए ।’ स्रोत अगाडी भन्छ, ‘ पैसाका अगाडी कसैको पनि केहि नलाग्ने रहेछ, उनले थुप्रै कालो धनलाई रेमिट्यान्सका नाममा सेतो बनाइरहेका छन् भने खास रेमिट्यान्सबाट भित्रनुपर्ने पैसालाई भने अवैध तरिकाबाट भित्र्याएर आफु मोटाउने काम गरिरहेका छन् ।’
अख्तियारदेखि आन्तरिक राजश्व विभागसम्म उजुरी :
यतिबेला सिटि एक्सप्रेसका नाममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्केही आन्तरिक राजश्व विभागसम्म उजुरी परेको स्रोतको दावी छ । ‘तर शक्तिकेन्द्रकै आडमा मनपरी गर्ने सञ्चालक रहेकाहरुले सिटि एक्सप्रेसलाई बर्बाद बनाइरहेका छन् भने रेमिट्यान्स कम्पनीका नाममा मनपरी गरिरहेका छन् ।’ स्रोतले अर्थ सरोकार डटकमसँग भन्यो । स्रोत अगाडी भन्छ, सिटि एक्प्रेसका सञ्चालकविरुद्ध सपत्ति सुद्धिकरण आयोगमा समेत उजुरी परेको छ । आयोग कसैको प्रभावमा परेन भने सिटीका सञ्चालकहरु जेल जाने निश्चित छ । ‘
भित्रभित्रै हुण्डीको कारोबार
रेमिट्यान्स कम्पनीका नाममा भित्र भित्रै हुण्डीको कारोबार हुने गरेको आइएमइ भित्रको कालो धन्दाबारे अर्थ सरोकार डटकमले यसअघि नै समाचार प्रकाशन गरिसकेको छ । अहिले रेमिट्यान्स कम्पनीका नाममा सिटि एक्सप्रेसमा पनि त्यस्तै प्रकृतिको गलत काम हुने गरेको स्रोत बताउँछ । ‘विभिन्न देशबाट सिटि एक्सप्रेसका नाममा पठाइएको रकम सिटि एक्प्रेसको सिष्टममानै नाछिराइ नेपालमा रहेका दलालमार्फत हुण्डीको कारोबार हुने गरेको छ । स्रोतले भन्यो । स्रोत अगाडी भन्छ, ‘राष्ट्रका गहनाका रुपमा रहेका कलाकारलाई प्रयोग गरेर सिटि एक्सप्रेसले आफ्नो ब्राण्ड त बनाउन खोजेको छ तर भित्र भित्रै कम्पनी खोक्रो भईसकेको छ ।’
मेनपावरका सञ्चालकसमेतको लगानी र यस्तो मनपरी :
सिटी एक्सप्रेसमा एसओएस म्यानपावरका संचालक हेमबहादुर गुरुङको समेत लगानी रहेको छ । एसओएस मेनपावरले ठगी गरेको भन्दै वैदेशिक रोजगार विभागमा थुप्रै उजुरी परेपछि एकाएक विवादमा आएका सञ्चालक हेमबहादुर गुरुङले सरकारले तोके भन्दा बढी पैसा लिएर सयौं नेपालीहरुलाई ठगेको आरोप विदेश जाने थुप्रै नेपालीहरुले लगाएका छन् । तर तीनै गुरुङ सिटि एक्सप्रेसका लगानीकर्ता छन् । ‘गुरुङले सञ्चालान गरेको मेनवापरले बर्षौंदेखि लाखौँ राजस्व समेत छलिरहेको छ ।’ स्रोतले अर्थ सरोकार डटकमसँग अगाडी भन्यो, ‘सिटी एक्सप्रेसका प्रवन्ध निर्देशकका रुपमा रहेका चन्द्र टन्डन पनि गृहमन्त्री विमलेन्द्र निधिसँग राम्रै साठँगाठ रहेका उनले पावरको आडमा पछिल्लो समय प्रहरी अधिकृतहरुलाई रवाफ देखाउने, धम्काउने, हुन्डीलाई प्रसय दिने जस्ता गलत धन्दा गरिरहेका छन् ।’
समाचारलाई सन्तुलित बनाउन हामीले सिटि एक्प्रेसमा यस बिषयमा बुझ्ने प्रयास गरेका थियौं । जवाफमा आफुलाई यसबारे थाहा नभएको भन्दै फोन उठाउने कर्मचारीले सम्बन्धित विभागमा फोन ट्रान्सफर गर्ने त भनिन् तर ट्रान्सफर गरिएको फोन भने उठेन ।
र हामी निरन्तर खोजीमा छौं…
देशमा रेमिट्यान्स घटीरहेको चर्चा परिचर्चा भइरहेका बेला जिम्मेवार रेमिट्यान्स कम्पनीमा भने मनपरी चलेको छ । सिटि एक्प्रेस भित्रका यस्ता थुप्रै कर्तुतबारे हामीले अनुसन्धान गरिरहेका छौं र केहीको प्रमाण समेत फेला पारेका छौं । सिटि एक्प्रेसबाट हुने कर छली लगायतका विषय हामी आगामी अंकमा प्रस्तुत गर्दैछौं।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्