
- अर्थ सरोकार संम्वाददाता
काठमाडौं – नेपाली कांग्रेसले स्थानीय निर्वाचनको घोषणा तत्काल गर्न सरकारसँग माग गरेको छ। कांग्रेस सभापति शेरबहादुर देउवाको सभापतित्वमा आइतबार कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले स्थानीय निर्वाचन तत्काल घोषणा गर्न माग गरेको हो।
‘संविधान संशोधन विधेयकलाई थाँती राखेर भएपनि निर्वाचन घोषणा गर्न अधिकांशले सुझाव दिए’, बैठकपछि महामन्त्री डा। सशांक कोइरालाले भने, ‘निर्वाचन गराउन र संविधान संशोधन गर्न पनि प्रतिपक्षी दल एमालेको सहयोग आवश्यक छ।’ बैठकमा अधिकांश नेताहरुले कुनै पनि हालतमा स्थानीय निर्वाचन घोषणा गर्न सरकारसँग माग गरेका थिए।
स्थानीय निकायको निर्वाचन गर्न पार्टी सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सुझाव दिए पनि त्यो कार्यान्वयन हुन नसकेको भन्दै नेताहरुले संसद नचल्ने अवस्थाको अन्त्य गर्न पनि माग गरेका थिए। ‘स्थानीय तह वा निकायको भएपनि निर्वाचनको घोषणा गर्नुपर्छ’, बैठकमा सहभागी केन्द्रीय सदस्य डा। मिनेन्द्र रिजालले भने, ‘निर्वाचन हुन नसक्ने परिस्थिति भए संविधान कागजको खोस्टो बन्ने सम्भावना रहेको भनी ध्यानाकर्षण गरायौं।’
आफूहरुले सभापति देउवालाई स्थानीय निर्वाचनको घोषणा गर्न, अवरुद्ध संसद बैठक खुलाउन र विधेयकलाई निकास दिन सुझाव दिएको नेता डा। रिजालले बताए। बैठकमा अधिकांश नेताहरुले प्रमुख प्रतिपक्षी एमालेसँग सहमति गरेर कि विधेयक पास गर्न या फिर्ता गर्न समेत सुझाव दिएका थिए। तर सभापति देउवाले एमालेले संसद अवरुद्ध गरेर मुलुकमा संकट निम्त्याउन खोजेको आरोप लगाए। नेता रामचन्द्र पौडेलले एमालेसँगको सहमति गरेर निकास खोज्न सुझाव दिएका थिए।
नेताहरुले एक वर्षभित्र तीन तहको निर्वाचन सम्पन्न नगरे संवैधानिक संकट आउन सक्ने भन्दै निर्वाचन गर्ने कार्यलाई पहिलो प्राथमिकतामा राख्न सुझाव दिएका छन्। नेताहरुले एकातिर निर्वाचनको तयारी नहुने र अर्कोतिर संसद अबरुद्ध भइरहने प्रवृत्तिले संविधान खोस्टो बनाउने षड्यन्त्र भएको भन्दै पार्टी नेतृत्वलाई सजग गराएको डा। रिजालले बताए।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्