
- अर्थ सरोकार संम्वाददाता
काठमाडौं – निर्वाचनको मिति घोषणा गर्ने विषयमा छलफल गर्न सत्तारुढ दल कांग्रेस र माओवादी केन्द्रको बैठक बस्दैछ। सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यलयमा ११ बजे बस्ने बैठकमा निर्वाचनको मिति घोषणा गर्ने विषयमा छलफल हुने कांग्रेस नेता रामचन्द्र पौडेलले जानकारी दिए।
चैतभित्र स्थानीय तहको निर्वाचन गर्ने कार्यभार सहित आएको वर्तमान सरकारले वैशाखमा निर्वाचन गर्ने बताइरहेको छ। निर्वाचनको मिति कहिले तोक्ने भन्ने विषयमा सत्तारुढ दलका शीर्ष नेताबीच छलपल हुने पौडेलले बताए।ुसंविधान कार्यान्वयनका लागि हामीले निर्वाचन गर्नुपर्ने हुन्छ, पौडेलले भने,ुस्थानीय निर्वाचन कहिले गर्ने र कहिले मिति तोक्ने भन्ने विषयमा कांग्रेस र माओवादीका शीर्ष नेताबीच छलफल हुन लागेको हो।
बैठक संसदमा जारी गतिरोध अन्त्य गरी निर्वाचन विधेयक पेश गर्ने वातावरण मिलाउने विषयमा समेत केन्द्रित हुने नेता पौडेलले बताए। यसअघि सत्तारुढ दलले हिजो मधेसी मोर्चासँग निर्वाचनको मिति घोषणा गर्ने विषयमा छलफल गरेको थियो। मोर्चाले संविधान संशोधन नगरिकन निर्वाचन जान नसकिने जवाफ सत्ता पक्षका नेतालाई दिएको थियो।
सत्तारुढ दलले हिजो संसद अवरोध हटाउनका लागि निर्वाचनको मिति घोषणा गरेर अघि बढ्ने प्रस्ताव गरेका थिए। तर मोर्चाले संविधान संशोधन अघि निर्वाचन मान्य नहुने प्रतिक्रिया दिएपछि बैठक विना निष्कर्ष टुंगिएको थियो।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्