Skip to content
LAXMI SUNRISE BANK

मधेसी नेतालाई राजद्रोहको मुद्दा लगाउन कांग्रेस नेताको माग

अर्थ सरोकार

  • अर्थ सरोकार संम्वाददाता

काठमाडौं –  राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार बोलाएको सर्वदलीय बैठकमा मधेसी नेताहरुले देश टुक्राउने अभिव्यक्ति दिएको भन्दै कांग्रेस केन्द्रीय सदस्य गुरुराज घिमिरेले मधेसी नेतालाई तत्काल गिरफ्तार गरेर राजद्रोहको मुद्दा लगाउन माग गरेका छन् ।
राष्ट्रपति, प्रधानमन्त्री, पूर्व प्रधानमन्त्री लगायत शीर्ष नेताकै अगाडि यस्तो अभिव्यक्ति दिनेलाई तत्काल राजद्रोहको मुद्दा लगाउन प्रधानमन्त्रीसँग माग गरेका हुन् । आइतबार बालुवाटारमा भएको सर्वदलीय बैठकमा केही नेताले देश टुक्रिने चेतावनी दिएको बताइएको छ ।
नेकपा मालेका महासचिव सिपी मैनालीका अनुसार मधेसकेन्द्रित दलका एक नेताले बैठकमा भनेका थिए, “तत्काल समस्या समाधान गरिएन भने आज त मधेसी गुमाउनु होला तर एकदिन मधेस नै गुमाउनुपर्ने दिन आउछ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK