×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कांग्रेस र मधेसी मोर्चाको चेपुवामा परे प्रधानमन्त्री

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

कांग्रेस र मधेसी मोर्चाको चेपुवामा परे प्रधानमन्त्री

१३ पुष २०७३, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा संविधान संशोधन भन्दा पहिले निर्वाचनको मिति घोषणा गर्नुपर्ने पक्षमा उभिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संकटमा परेका छन् ।
 पार्टीको पदाधिकारी बैठकले संविधान संशोधन र निर्वाचन सम्बन्धी कानुन बनाउने काम संगसँगै गर्नु पर्ने निस्कर्ष निकालेपछि देउवा निर्वाचनको मिति घोषणा गराउन सक्रिय भएका छन् ।
देउवा सक्रिय भएपछि प्रधानमन्त्री दाहाल कांग्रेस र मधेसी मोर्चाको चेपुवामा परेका छन् ।प्रतिपक्ष दल एमालेसहितका ९ दलले सडकदेखि सदनसम्म आन्दोलन गरिरहेका बेला सत्तापक्षिय दलहरु विभाजनमा पुगेका छन् ।
 मधेसी मोर्चाले संविधान संशोधन भएपछि मात्र निर्वाचनको मिति तोक्न प्रधानमन्त्री दाहाललाई निरन्तर दवाव दिइरहेको छ भने देउवाले संशोधन प्रस्ताव संसदमा पेश गर्नुअघि निर्वाचनको मिति तोक्न दवाव दिएका छन् ।
मंगलबार सत्तापक्षिय दल नेकपा माओवादी, नेपाली कांग्रेस र मधेसी मोर्चाबीच चार घण्टा बालुवाटारमा छलफल भएको थियो । छलफलमा देउवा र मधेसी मोर्चाका नेता महन्थ ठाकुरबीच भनाभन समेत भएको थियो । बैठकमा संविधान संशोधन प्रस्ताव र निर्वाचनको मिति तोक्ने र त्यसमा पनि एमाले सहमत नभए पेलेर लाने प्रस्ताव प्रधानमन्त्री दाहालले गरेका थिए । दाहालको प्रस्तावलाई देउवाले स्वीकार गरेका थिए भने मधेसी मोर्चाका नेताहरुले प्रतिवाद गरेका थिए ।
देउवाले एमाले अध्यक्ष ओलीसहित विभिन्न पार्टीका नेताहरुसँग तत्काल निर्वाचनको मिति घोषणा गर्ने बिषयमा छलफल केन्द्रीत गरेका छन् । उनको मुभ देखेर प्रधानमन्त्री दाहाल सशंकित बनेका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: