×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कांग्रेसको जिल्ला कोषाध्यक्षको राष्ट्रिय सम्मेलन काठमाडौंमा शुरु

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

कांग्रेसको जिल्ला कोषाध्यक्षको राष्ट्रिय सम्मेलन काठमाडौंमा शुरु

Artha Sarokar

८ पुष २०७३, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

काठमाडौ – नेपाली कांग्रेसको जिल्ला कोषाध्यक्षको राष्ट्रिय सम्मेलन काठमाण्डौको राष्ट्रिय सभागृहमा राष्ट्रिय सम्मेलनलको कांग्रेस सभापति शेरबहादुर देउवाले उद्घाटन गरेका छन् । पार्टीको आन्तरिक कोषलाई पारदर्शी र चुस्त दुरुस्त बनाउन राष्ट्रिय सम्मेलन आयोजना गरेको कांग्रेसले जनाएको छ । संस्थापक नेता कृष्णप्रसाद भट्टराईको ९३ औँ जन्मजयन्तीको अवसरमा भइरहेको राष्ट्रिय सम्मेलन शनिबार सकिने कांग्रेसले जनाएको छ ।
राष्ट्रिय भेलालाई उद्घाटन गर्दै सभापति देउवाले सहमतिमा भएको संशोधन प्रस्तावमा विपक्षी एमालेले बखेडा झिकेको आरोप लगाए । एमालेका अध्यक्ष केपी शर्मा ओलीले संशोधन प्रस्तावमा हस्ताक्षर गरेको खुलासा गर्दै उनले पूर्वसम्झौताको पालना गर्नुको साटो एमालेले जनतामा भ्रम फैलाएको आरोप लगाए ।
सभापति देउवाले विखण्डनकारी नीति त्यागेर राष्ट्रिय एकतामा सहभागी हुन एमालेलाई आह्वान समेत गरे । सभापति देउवाले एमाले सरकारमा हुँदा संसद्वादी र सत्ता बाहिर हुँदा सडकवादी चरित्र देखाउनु दुःखद् भएको भन्दै संसद् अवरुद्ध नगर्न आग्रह गरे । उनले संविधान संशोधनमार्फत मधेसी जनताका मुद्दालाई सम्बोधन गर्दै निर्वाचनमा जानुको विकल्प दलहरुसँग नभएको बताए ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी