
- अर्थसरोकार संम्वाददाता
काठमाडौं – आगामी ८, ९ र १० गते काठमाडौंमा सरकारी वकिलहरुको प्रथम राष्ट्रिय सम्मेलन हुने भएको छ । प्रज्ञा भवन कमलादीमा हुने सम्मेलनको पुस ८ गते राष्ट्रपति बिद्यादेवी भण्डारीले उद्घाटन गर्नेछिन् ।
प्रथम राष्ट्रिय सम्मेलनका लागि ४ जना नायव महान्यायाधीवक्ता, ३१ जना सह न्यायाधिवक्ता र देशैभरका शाखा अधिकृत वकिलहरुसहित ३५२ जनाको सहभागिता रहनेछ ।सरकारी वकिलहरुको प्रभावकारिता बढाउन र अन्य निकायहरुसँगको समन्वयत्मक भूमिका बढाउने उद्देश्यले सम्मेलन आयोजना गर्न लागिएको हो ।
हिरासत तथा कारगारमा रहेका कैदीबन्दीहरुको अनुगमन गरी मानवअधिकारको संरक्षण गर्ने तथा बन्दीहरुले कानून व्यवसायीसँग सहज भेट्न पाउने तथा न्यायलाई सहज पहुँचमा पुर्याउनेबारे पनि सम्मेलनमा छलफल हुने बताइएको छ ।
सम्मेलनमा नेपाल प्रहरीले पनि कार्यपत्र प्रस्तुत गर्दैछ । संगठित अपराधको बिषयमा सरकारी वकिल र प्रहरीबीचको सहकार्य अपेक्षाकृत हुन नसकेकोबारे पनि सम्मेलनमा छलफल हुनेछ । सम्मेलनमा १४ अञ्चलका प्रहरी प्रमुखहरुको सहभागिता रहनेछ ।
पत्रकार सम्मेलनमा महान्यायाधीवक्ता रमण श्रेष्ठले सत्य निरुपण तथा बेपत्ता छानविन आयोगसम्बन्धी कानून बनाउन पहल भइरहेको बताए । बिधयेक संसदमा रोकिएकाले पारित नहुन्जेल यस्ता घटना सम्बन्धी मुद्धा यथास्थितिमा राख्न सबै जिल्लामा सर्कुलर गरेको उनले जानकारी दिए ।प्रस्तावित बिधयेकमा द्वन्द्वकालिन घटनामा हदम्याद नराख्ने व्यवस्था गरिएको पनि महान्यायाधीवक्ता श्रेष्ठले पत्रकार सम्मेलनमा जानकारी दिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्