
- अर्थ सरोकार संम्वाददाता
काठमाडौं – सरकारी वकिलको राष्ट्रिय सम्मेलन शुक्रबारदेखि काठमाडौंमा हुँदैछ। प्रज्ञा भवन कमलादीमा हुने सम्मेलनको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने कार्यक्रम छ। न्यायमा सहज पहुँच बनाउने र संवैधानिक तथा कानुनी व्यवस्थाका विषयमा अभिमुखीकरण गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको महान्यायाधीवक्ताको कार्यालयले जनाएको छ।
‘प्रभावकारी अभियोजन, सुदृढ प्रतिरक्षा, व्यावसायिक सरकारी वकिल हाम्रो प्रतिवद्धता’ भन्ने नाराका साथ पहिलो पटक हुन लागेको सम्मेलन पुस १० गतेसम्म चल्नेछ। सम्मेलनमा फौजदारी न्याय प्रशासन र फौजदारी कानुनमा भएको नयाँ व्यवस्था समेतका सन्दर्भमा छलफल गरी साझा दृष्टिकोण बनाइने छ।
महान्यायाधिवक्ता रमणकुमार श्रेष्ठले सम्मेलनले सरकारी वकिलको कार्यक्षमता वृद्धि गर्ने र उनीहरुको हकअधिकार र सुविधा वृद्धिका विषयमा छलफल हुने बताए। सम्मेलनमा देशभरबाट ३ सय ५० भन्दा बढी सरकारी वकिल सहभागी हुने महान्यायाधीवक्ताको कार्यालयले जनाएको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्