
काठमाण्डौ – त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल परिसरमा औषधि पसल सञ्चालनका लागि मासिक २८ लाख रुपैयाँमा सटर भाडामा लगाएको छ । सवोच्च अदालतको आदेशविरीत अस्पताल परिसरमा महंगोमा सटर भाडामा लगाएको हो ।
सार्वेच्च अदालतले २०७२ साल असार १३ गते सरकारी अस्पतालको हाताभित्र निजी औषधि व्यवसायीलाई फार्मेसी सञ्चालन गर्न अनुमति दिनु वा सञ्चालनको व्यवस्था मिलाउनु आम सर्वसाधारणको हितविपरीत हुने ठकर गर्दै अस्पताल आफैंले फार्मेसी सञ्चालन गर्नु पर्ने आदेश दिएको थियो ।
तर शिक्षण अस्पताल परिसरभित्र रहेको बिपी कोइराला लायन्स नेत्र अध्ययन केन्द्रलेृ सर्वोच्चको आदेशविपरीत अस्पतालको हाताभित्रै निजी संस्थालाई फार्मेसी सञ्चालन गर्न दिएर मासिक २८ लाख १ हजार रुपैयाँ लिँदै आएको छ ।
निजी फार्मेसीलाई सरकारी अस्पतालभित्र औषधि पसल सञ्चालन गर्न दिँदा औषधि गुणस्तरीयता कायम नहुने सर्वोच्चको फैसलामा उल्लेख छ ।आजको गोरखापत्र दैनिकमा समाचार छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्