
- अर्थ सरोकार संम्वाददाता
काठमाडौं – आज एक दर्जन बढी कलाकर्मीहरुले नेपाली कांग्रेस प्रवेश गर्ने भएका छन् ।
कांग्रेस सभापति शेरबहादर देउवा निवास बुढानिलकण्ढठमा बुधबार एक कार्यक्रमको आयोजना गरी कलाकर्मीहरुलाई पार्टी प्रवेश गराउन लागिएको हो ।
नेपाली कांग्रेस प्रवेश गर्नेमा अभिनेत्री सरिता लामिछाने, चलचित्र कलाकार संघका अध्यक्ष रामकेशर बोगटी, अभिनेता कृष्ण मल्ल र चलचित्र प्राविधिक संघका अध्यक्षल पुष्कर लामालगायत अन्य कलाकारहरु रहेका छन् ।
सभापति देउवाले उनीहरुलाई स–सम्मानका साथ फूलमाला लगाएर पार्टी प्रवेश गराउने छन् । यसअघि चर्चित लोक गायिका कोमल वली र नायिका रेखा थापाले राप्रपा पार्टी प्रवेश गरिसकेका छन् । मंसिर ६ गते दुई राप्रपाद्वयको एकता कार्यक्रममा कोमली वलीले पार्टी प्रवेश गरेकी थिइन । भने त्यसलगत्तै नायिका थापाले पार्टी प्रवेश गरेकी थिइन् ।
आगामी चुनाव नजिकिँदै जाँदा कलाकारहरुको ध्यान फिल्मतिर नभई पार्टी प्रवेशतिर गएको देखिन्छ । अहिले पार्टी प्रवेश गर्ने कलाकर्मीहरुको होडबाजी चलेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्