×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सत्ता साझेदार माओवादी नेतालाई देउबाले बैठकमै दिए यस्तो धम्की

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

सत्ता साझेदार माओवादी नेतालाई देउबाले बैठकमै दिए यस्तो धम्की

१३ पुष २०७३, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाण्डौ – सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचन मिति घोषणाको अडान लिएपछि राजनीतिक गतिरोध फुकाउन मंगलबार भएको त्रिपक्षिय बैठकमा चकाचर्की भएको छ ।
सत्तारुढ दल नेपाली कांग्रेस, माओवादी केन्द्र र संविधानमा असन्तुष्ट संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सहभागी बैठकमा स्थानिय निर्वाचनबारे विवाद भएको हो ।
बैठकमा नेता देउवाले जति प्रयास गर्दा पनि एमाले सहमतिमा नआएकाले तत्काल स्थानिय मिति घोषणा गर्नुपर्ने अड्डी लिएका थिए । त्यसमा मोर्चाले असहमती जनाएको थियो ।
२०७४ माघ ७ गतेसम्म तीन तहको निर्वाचन गरिसक्नुपर्ने संवैधानिक बाध्यता छ । संविधानअनुसार निर्वाचन गर्न÷चैत बैशाखसम्म स्थानिय निकाय गरिसक्नुपर्ने देउवाले बताएका थिए । विगतमा हुने छलफलमा भन्दा कडा ढंगले प्रस्तुत भएका देउवाले पटक पटक निर्वाचन मिति घोषणामा सहमत हुन सहभागी दललाई आग्रह गरेका थिए ।आजको नागरिक दैनिकमा खबर छ ।
‘देउवाजीले मंगलबारको बैठकमा स्थानिय निकाय निर्वाचको मिति घोषणामा सहमत हुन आग्रह र धम्की दिइरहनुभयो’ बैठकमा सहभागी एक नेताले भने । देउवाले पहिले स्थानिय निकाय निर्वाचन गर्नुपर्ने निर्णय कांग्रेसले गरिसकेको जानकारी गराउँदै चुनाव हुन नसके आफू र आफ्नो पार्टीले थेग्न नसक्ने भन्दै मोर्चा र सत्ता साझेदार माओवादी नेतालाई घुमाउरो पाराले धम्की दिएका थिए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: