Skip to content
LAXMI SUNRISE BANK

उदयपुरमा धानको उत्पादन बढ्यो

अर्थ सरोकार

  • अर्थ सरोकार संम्वाददाता 

काठमाण्डौ – उदयपुरमा यस वर्ष २ हजार ९ सय १८ मेट्रिक टन धान बढी उत्पादन भएको छ। जिल्ला कृषि कार्यालयका अनुसार गएको वर्ष ५३ हजार ४ सय ६२ मेट्रिक टन उत्पादन भएकामा यसवर्ष ५५ हजार ३ सय मेट्रिक टन उत्पादन भएको छ।
 गत वर्ष भन्दा धानखेती पनि बढी गरिएको कृषि कार्यालयका बागबानी विकास अधिकृत रामकुमार यावदले बताए। आर्थिक वर्ष २०७२र०७३ मा १४ हजार ९९ हेक्टर जमिनमा धान खेती गरिएको थियो भने चालु बर्थिक वर्ष २०७३र०७४ मा १४ हजर ७ सय हेक्टरमा गरिएको छ। 
‘सममै पानी परेकाले यस वर्ष जमिन बाँझो बसेन’ उनले भने ‘गएको वर्ष समयमै पानी परेन अनि नाकाबन्दीले मल बिउ अभाव भएकाले घटेको थियो।’ खाद्यान्नको मुख्य बाली मानिने धान जिल्लामा चैते, भदैया र वर्षे धान गरी तीन प्रकारका धान खेती गरिन्छ। धान खेती गर्न भित्री मधेश र पहाडी क्षेत्रका टारी खेतमा सिञ्चाईको सुविधा अपुग भएकाले समस्या छ। 
धान खेतीलाई आधुनिकरण गर्दै गए उत्पादन बढ्ने यादवको भनाई छ। भित्री मधेसमा पर्ने कटारी, गाईघाट, नेपालटार, जोगिदह, वेल्टार, रामुपुर, तपेश्वरीका क्षेत्र छन् भने पहाडी क्षेत्रमा हर्देनी, मायँखु, सोरुङ, रुपाटार लगायत पर्छन्। कृषि क्षेत्रको आधुनिकीकरण बढेसँगै धान काट्ने मेसिन ९थ्रेसर० धान रोप्ने लगायतका आधुनिक मेसिन भित्रिन थालिसकेको छ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK