×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

धुर्मुसले पाईला टेक्दा मुसहर वस्तीमा खुशियाली

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

धुर्मुसले पाईला टेक्दा मुसहर वस्तीमा खुशियाली

१३ पुष २०७३, बुधबार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

काठमाण्डौ – मुहर बस्ती बनाउन हाँस्य कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ महोत्तरीको बर्दिबास आएका छन् । उनी आउने खबरले मुसहर बस्तीकी एक सय पाँच बर्षीया मरनी सादा मंगलबार विहानै देखि खुशी थिइन । बिहानै देखि उनी बाटो कुरेर बसेकी थिइन् । धुर्मुस आएपछि हातमा राखेको माला र अविर उनलाई लगाई दिएइन् ।
मरनी बर्सौंदेखि बाख्रा बाँध्ने खोरमै सुत्दै आएकी छीन् । कठ्यांग्रिदो जाडोमा भूइमै पराल ओछ्यार र बोरा ओढेर रात काट्दै छिन् । मरनीले धुर्मुसलाई भेटेपछि निकै खुशी हुदैं भनिन्, ‘हाम्रो हाम्रो त जीवनै बरबाद भएको थियो । घर बनाउन लाग्नु भयो खुशी लाग्यो । ल बाबु ठूलो मानिस बन्नु ,यो बुढी आमाको अशिर्वाद छ ।
मंगलबार बिहानैदेखि मुसहर बस्ती बनाउन धुर्मुस मुसहर बस्ती आउने खबरले बर्दिबासका मुसहर बस्तीका स्थानीयहरु उनी आउने बाटो कुरीरहेका थिए । बिहानै दाउरा लिन जंगल पुग्ने मुसहरहरु मंगलबार धुर्मुसको स्वागत्मा जुटे ।
 केहीले छिमेकीको आँगनबाट फूल टिपेर ल्याए, केही माला उने । केही बस्ती सरसफाइमा जुटे । कोही ‘धुर्मुस सर हजुर कता आइपुग्नुभयो ’ भनेर बस्तीका अगुवा मञ्जय सादाले सूचना संकलन गरेर बस्तीका स्थानीययलाई जानकारी गराईरहेका थिए ।
धर्मुसको प्रतिक्षमा बसेका मुसहरहरुको सामुने हास्य कालाकार तथा समाजसेवी धुर्मुस पुगेपछि उनीहरु खुशीले गद गद भए । मुसहर बस्तीको माहौल रोमाञ्चक बन्यो । मुसहरहरुले खुशी भएर धुर्मुसको गलादेखि शिर सम्म माला लगाई दिए । निदारमा टलक टल्किने रातो र पहिलो अक्षतालगाई दिए ।
धुर्मुस—सुन्तलीको पहलमा बस्ती भित्र तीन पुस्तापछि पानी पुगेको भन्दै स्वागतमा विशेष रुपमा धाराबाट अमखोलमा ल्याइएको पानी खुवाएर खुशियाली साटे ।
मुसहरले धुर्मुसलाई मुसहरहरुले घर –घर घुमाए । धुर्मुस —सुन्तलीले मुसहरको घर बनाइ दिने घोषणा गरेपछि बर्दिबासका ५० घरधुरीका दुई सय सत्तरी जना मुसहरमा खुशियाली छाएको छ । धुर्मुस—सुन्तली फाउण्डेसनका अध्यक्ष उनी बस्तीको पहिलो चरणको निर्माण कामको लागि काठमाँडौंबाट बर्दिबास आएका छन् ।
स्थानीयको स्वागतले अफूहरुलाई काम गर्न हौसला बढाएको उनले मुसहरसंगको कुरा धुर्मुसले व्यक्त गरे । ‘मुसहर बस्तीबाट मानवता र सद्भावका लागि सहकार्य गर्दै विकासका लागि मुल फुटाउन खोजेका हौं । मुसहर बस्तीबाट देशभरी नै समानतको र सद्भवको सन्देश जानेछ । सबै तिरका विभिन्न पीडामा मलहम पट्टी लगाउने अभियानको थालनी हुने कुरा म विश्वस्त छु, ’ उनले भने,‘ हामी सबै खटिएमा देश अवश्य बन्छ ।’
उनले राष्ट्र निर्माण आफुहरुको अभियानलाई आत्मसात गर्दै सबै जना एकताको सूत्रमा बाँधिएर देश विकासमा लाग्नु पर्ने बेला आएको बताए । उनले भने,‘हामीले बोक्ने गरेको भारीले देश बनाउँछ । राजनीतिक नारा लिएर धेरै पटक सडकमा आयौं । एक पटक विकासको नारा लिएर सबै जना गाउँ गाउँ पसौं । दुई बर्षमै देशमा कायापलट हुन्छ ।’
मंगलबारै धुर्मुसले स्थानीय राजनीतिक दलका नेताहरुसंग मुसहर बस्ती निर्माण सम्बन्धमा अन्तरक्रिया तथा सार्वजनीक सुनवाई गरेका छन् । स्थानीय राजनीतिक दलले मुसहर बस्तीको मुहार फेर्न भारी बोक्न तयार भएको सामुहिक रुपमा प्रतिबद्धता सहित घोषणा गरे ।
चार करोंड अठत्तर लाखको लागतमा मुसहर बस्ती निर्माण कार्य हुदैछ । मुसहरहरुलाई नयाँ बर्षमा नयाँ घर उपहार स्वरुप दिने योजना सहित धुर्मुस—सुन्तली फाउण्डेसनले काम थालनी गरेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: