×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

धुर्मुस सुन्तलीद्वारा तेस्रो एकीकृत नमुना वस्ती निर्माणको घोषणा

LAXMI SUNRISE BANK
GLOBAL

धुर्मुस सुन्तलीद्वारा तेस्रो एकीकृत नमुना वस्ती निर्माणको घोषणा

६ पुष २०७३, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

काठमाण्डौ – यस अघि काभ्रे र सिन्धुपाल्चोकमा एकीकृत नमुना  वस्ती निर्माण गरेको धुर्मुस सुन्तली फाउन्डेसहनले तेस्रो एकिकृत नमुना वस्ती निर्माण गर्ने घोषणा गरेको छ  ।  हास्य कलाकार सिताराम कट्टेल ९धुर्मुस० र कुञ्जना घिमिरे सुन्तली ले महोत्तरीको बर्दिबाशमा रहेको मुसहर वस्तीमा नमुना वस्ती निर्माण गर्ने घोषणा गरेका हुन्   ।  
फाउन्डेशनका अध्यक्ष सिताराम कट्टेलले अहिले ५० परिवारको लागि घर निर्माण गर्न लागेको बताए  । फाउन्डेशनका यसै बर्ष भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको छ ।  धुर्मुस सुन्तलीले भिडियो मार्फत आफ्नो घोषणा सार्बजनिक गर्दै मानवता र सद्भावका लागि यस अघि गरे जस्तै गरी सहयोगका लागि अपील समेत गरेका छन् ।
मुसहर बस्ती निर्माणका लागि सहयोग गर्न ९८०३४७२४७६, ९८४७२२९९१२  वा [email protected]मा सम्पर्क गर्न सकिने फाउन्डेसहनले जनाएको छ । साथै कुन्जना घिमिरे, ललितपुरमा रेमिट्यान्स वा बैंक अफ काठमाडौँ लुम्बिनी लिमिटेडको खान नम्बर ०१६८००१००३७०५२४ मा सहयोग गर्न सकिने छ   ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी