×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

फेरी खुल्यो दीक्षा चापागाईको अर्को ठुलो रहस्य : काममा राखेको महिला गर्भवती हुनुको कारण एस्तो छ(भिडियो सहित)

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

फेरी खुल्यो दीक्षा चापागाईको अर्को ठुलो रहस्य : काममा राखेको महिला गर्भवती हुनुको कारण एस्तो छ(भिडियो सहित)

१५ पुष २०७३, शुक्रबार

पढ्न लाग्ने समय: ५ मिनेटभन्दा कम

काठमाडौँ – हात्तीको जस्तो देखाउने एउटा र चपाउने दाँत अर्कै ।’ उनका पछिल्ला गतिविधी र व्यवहार हेर्दा यस्तै लाग्छ । समाजसेवाको खोल ओडेर उनले चलाइरहेको धन्दा के हो ? वीर अस्पतालको हाताभित्र रहँदा जे भोगे,जे देँखे आज लेख्दैछु समाजसेवी दीक्षा चापागाइको चरित्र । मेरो नाम पवित्रा लामा ,घर काभ्रे । रहरै रहरमा रेडियोमा बोल्न थालेको तीन वर्ष पूरा भइसकेछ । धुलिखेलमा रहेको ग्रेस एफएममा कार्यक्रम  पबित्रा लामा, एक्सन फर सोसल चेन्ज चलाँउथे । त्यही भेटिएका हुन आदरणीय दाजु विनयजग बस्नेत ।
उनी सुरुमा आफै दुव्र्यसनको शिकार भएका रहेछन । तीन महिना चोभारस्थित रिह्याव सेन्टरमा बसेर सुध्रिएका । वुवा आमा बितेको र श्रीमती र छोरीले छाडेर गए पनि उनको आत्मविश्वाश दरिलो थियो । कुलतबाट कसरी बच्न सकिन्छ भन्ने कार्यक्रम चलाँउथे उनी ग्रेस एफएममै । नाता यसरी गाढा बन्दै गयो हाम्रो नाता साथीबाट दाजु बहिनीमा परीणत भयो । चार महिना अगाडि उनै दाजुलाई प्रहरीको फोन आएको थियो भर्खरै जन्मिएको बच्चा सहितको वेवारिसे महिलालाई पुल्चोक प्रहरीले फेला पारेको रहेछ । उनीहरुले उपचारका लागि उक्त महिलालाई पाटन अस्पताल पुर्याएका रहेछन । पुल्चोक प्रहरीले गत अष्टमीको दिन विनयजंग बस्नेतलाई दाजुलाई खबर गर्यौं । सबै दशै पर्वको हर्ष र उल्लासमा रमाइरहेको समयमा प्रहरीले उक्त वेवारिसेको जिम्बेवारी लिइदिन आग्रह गरेसँगै हामीले उनको जिम्मेवारी लियौं ।
को थिईन उनी,कहाँ थियो तिनको घर केही थाहा थिएन । एकातिरको प्रसव पीडा र अर्काेतिर भर्खरै जन्मेको शिशु बचाउन नसक्दा विक्षिप्त थिईन । एकातिर भर्खरको सुत्केरी अर्काेतिर मानसिक रोगी र खुट्टा र कम्मरमा गहिरो घाउ जहाँ किरा परेको थियो । मानवसेवा नै सबैभन्दा ठूलो धर्म ठानियो । दशै भनिएन,तिहार मानिएन । विस्तारै दिदी वौरिदै थिईन । करिव दुई महिना अहोरात्र खटियौं दिदीको सेवामा हामी । डाक्टरको अथक मेहनत र प्रयासबाट ती दिदीले पुनः जीवन पाइन । बोल्न सक्ने सम्म भइन । नाम मीना घिमिरे,घर काभ्रे उनले आफ्नो पूराना विगत सम्झिन सकिनन बस आफ्नो नाम यही बताइन । हामी पनि उनलाई मीना दिदीको नामले बोलाउन थाल्यौ ।
त्यहाँ रहँदा उनको मानसिक अवस्था ठीक ठाँउमा फर्किइसकेको थियो । डाक्टरकै सल्लाह अनुसार मंसिर १३ गते खुट्टाको प्लास्टिक सर्जरीका लागि त्यहाँबाट रिफर गरियो वीर अस्पतालमा । त्यहाँ पुग्दा डक्टर पियुष दाहालको कुरा सुनेर हामी स्तव्ध भयौ । चार महिना अगाडि कथित समाजसेवी दीक्षा चापागाँइको पवित्र सेवा आश्रमको नामबाट एक विरामी (मीना घिमिरे)लाई बीर अस्पतालमा उपचारका लागि पुर्याएकी थिईन । उनी दुई जीउकी थिईन । र, अस्पतालमा उनको उपचार प्रक्रिया चल्दै गर्दा दीक्षा सम्पर्क बिहिन रहिन । ति वेवारिसेको जिम्मेवारी लिने कोही नभेटिएसँगै मीनालाई अस्पतालले पनि उत्तिसाह्रो वास्ता गरेन । अन्ततःकोखमा बच्चा भएकी मीना पुन वेवारिसे अबस्थामा पुगिन । तिनलाई देख्ने वित्तिकै अस्पतालका डाक्टरहरु पनि तर्सिए । उनको भर्ना लिन मानेनन ।
डा पियुषले नै रहस्य खोलेका हुन यस अगाडि नै दीक्षा चापागाईले यो विरामीलाई यहाँ ल्याएर उनी सम्पर्क बिहिन भएको कुरा । तपाईहरु पनि यसै गरी भर्ना गराएर सम्पर्क बिहिन हुने हो,हामी यो विरामीलाई कुनै पनि हालतमा यहाँ भर्ना लिन सक्दैनौं ।’ डक्टर पियुष लगायत त्यहाँ खटिएका अधिकाश डक्टर र नर्सहरु यसैगरी पन्छिएका थिए । केही सीप नलागे पछाडि हामीले अस्पतालका निर्देशक डा भुपेन्द्र बस्नेतलाई गुहा¥र्यौ । उनकै निर्देशनमा मीना दिदीको उपचार थालेका थियौं । हामी ती वेवारिसेको उपचारका लागि अहोरात्र खटियौं लालबहादुर मर्हजन लगायतका संस्थाका हामी सबै । त्यहाँ उनको उपचारका लागि लाग्ने खर्च जुटाउनका लागि मैले आफूले लगाइराखेको सुनको सिक्री बेचे ।
कुनै रहरले होइन । एउटी वेवारिसे महिलाले पुर्नजीवन पाओस भन्ने पवित्र हेतुले । झण्डै २५ दिनको अस्पालतको बसाई पश्चात उनको खुट्टाको प्लास्टिक सर्जरी सफल भयो । डाक्टर तथा नर्सहरुको सल्लाह अनुसार उनको डिस्चार्ज हुँदै थियो यही ६ गते बुधवार । गत मंगलबार अपरान्ह हामी अस्पतालको दिदीको शैयाबाट खाजा खान निस्किएका थियौं । विनय दाजु मीना दिदीका लागि आवश्यक पर्ने औषधि खरिद गर्न मेडिकल गएको मौका छोपेर दीक्षा चापागाई उनै विरामी दिदीलाई अपहरण शैलीमा अस्पलातको शैयाबाट उठाएर लगिन । अस्पतालबाट डीष्चार्ज हुनु ठीक एक दिन अगावै । उनका लागि आवश्यक पर्ने औषधि लिएर फर्कदै गर्दा मीना दिदीलाई समाएर दीक्षाले लैजादै थिइन ।
दीक्षाको व्यवहार देखेर हामी हेरेका हेर्यै भयौ । दीक्षाका अनुसार,मीना यस अगाडि उनकै घरमा चार वर्ष अगाडि देखि काम गर्न महिला थिइन । अपहरणशैलीमा उनले मीना दिदीलाईै स्कूटरमा बसालेर लगिन । मीना दिदीले खाइरहेकोे मानसिक रोगको सारा दबाई अस्पातालमै छुट्यो । प्रश्न उठाउने ठाँउ यही छ,पाँच वर्ष देखि दीक्षाको घरमा काम गरिरहेकी वेवारिसे महिला कसरी गर्भवती भइन ? यस्को पछाडिको रहस्य के छ ? दीक्षाको धन्दा के हो ? यदी उनको मन र समाजसेवा साच्चैको पवित्र हो भने आफैले अस्पतालमा भर्ना गरेको यी विरामीलाई अलपत्र पारेर किन छाडिन ? मानसिक रोगको दबाइ खान पर्न स्थितीसम्म कसरी पुर्याइन ? अस्पताल छाडेर मीना दिदी भाग्दा उनको खोजी किन गरिन दिक्षा चापागाईले ? उनको कोखबाट जन्मेको तर बचाउन नसकिएको बच्चाको शव अहिले पनि पाटन अस्पतालको शवगृहमा वेवारिसे अवस्थामा छ ।
करिव चार महिनासम्म दीक्षाले अपहरणशैलीमा मीनालाई भगाएसँगै दीक्षा विरुद्ध हामीले काठमाडौं जिल्ला प्रशासनमा उजुरी समेत दर्ता भइसकेको छ । दीक्षाले भने आफूलाई सोही वीर अस्प्तालका डाक्टर पियुषको निर्देशनमा मीनालाई लिएर गएको दावी गरेकी छिन । शंका गर्ने ठाँउ प्रवल छ डा पियुष र दीक्षाबीचको नाता सम्बन्ध के हो ? यिनै वेवारिसे महिलालाई लिएर भर्ना गर्न जाँदा तिनै डक्टर पियुष हुन कुनै पनि हालतमा मीना दिदीलाई भर्ना गर्न मिल्दैन भन्ने । अनि रातारात दीक्षासँग टेलिफोन सम्पर्क गरी मीनालाई त्यहाँबाट भगाउन सहयोग गर्ने ।
दुःख पीडामा ति मीना दिदीलाई एक्लै छाडेर सडकमा पु¥याएकी दीक्षा चापागाई यतिका समयसम्म उनको खोजी किन गरिनन ? लानु नै थियो भने उनलाई यो अवस्थामासम्म ल्याइपु¥याउने ति पात्रहरुसँग सर सल्लाह नगरी अपहरण शैलीमा किन उठाइन ? उल्टो अस्पतालबाट विरामीलाई अपहरण शैलीमा उठाएर लैजाने दीक्षाले सामाजिक सञ्जालमा अर्काे हर्कत देखाइन । उनले यसको जस समेत आफैले लिन खोजिन । हामी सबैको संयुक्त प्रयाशबाट एक वेवारिशे, असहाय, फालिएकी , खुट्टामा स्याउ स्याउ किरा परेर मर्नु न बाँच्नुको दोधारमा परेकी यि महिलाको उद्धार गरी औषधी उपचार पछि लगभग तन्दुस्त भएको अवस्था भन्दै भ्रम छर्न काम गरिन ।
सबाल अरु केही होइन,मात्र समाजसेवाको आवरण भित्र अरु नै धन्दा चलाउने दीक्षाको नियतको हो । जस्को नियतमै खोट छ उस्को व्यवहार खोटी नै हुन्छ । जस्ले समाजसेवी दीलशोभाको दिल दुखाइन । खानेपानीका इन्जिनियर मोहन रेग्मीका पत्नी कञ्चन शर्मालाई वेवारिसे अवस्थामा फोहोरको डुगुरमा भेटेको कहानी दुनिँयालाई सुनाएर मुर्ख बनाइन । तर यीनलाई पत्रकार चन्दा थापाले नग्गाइसकेकी छिन, यस अगाडि नै । जवाफ जान्न चाहन्छ दुनिँया तपाईको घरमा काम गर्ने महिला कसरी दुई जीउकी भइन ? मानसिक रोगको औषधी खाने र आफ्नो वीगत समेत बिर्सने अवस्थामा पुगिन । सारा घटनाक्रमले हामी भन्न विवश छौ दीक्षा दिदी दालमा केही न केही कालो त अवश्य छ । एक न एक दिन तिम्रो असली नियत सारा दुनिँयाले चाल पाउनेछन ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: