
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – । निजी मेडिकल सञ्चालकहरुले डाक्टर गोविन्द केसीसँग सरकारले गरेको सम्झौताको कडा विरोध गरेका छन्। दुई राष्ट्रिय दैनिक अन्नपूर्ण पोस्ट र नयाँ पत्रिकामा विज्ञप्ति प्रकाशित गर्दै एसोसिएसन अफ प्राइभेट मेडिकल एन्ड डेन्टल कलेजले भनेको छ, ‘एक सत्याग्रहीको बालहठ तथा सत्याग्रहको भरमा सरकारलाई बाध्य पार्न सक्छु भन्ने अहम् पालेको व्यक्तिसँग चिकित्सा शुल्कजस्तो संवेदनशील विषयमा गरेको सम्झौता यस एसोसिएसनलाई कदापी मान्य हुने छैन।’
चिकित्सा शिक्षामा देखिएको दुरावस्था हट्नुपर्ने माग सहित २१ दिन आमरण अनशन बसेका डाक्टर केसी र सरकारबीच सहमति भएको भोलिपल्टै निजी मेडिकल कलेजका सञ्चालक सहमतिको विरुद्ध उत्रिएका हुन्। एसोसिएसनका अध्यक्ष डाक्टर सुरेशकुमार कनोडियाको हस्ताक्षर रहेको विज्ञप्तिमा डाक्टर केसीसँग भएको सम्झौता पालन भएमा निजी क्षेत्रका मेडिकल कलेज बन्द हुने अवस्थामा पुग्ने उल्लेख छ। साथै उनीहरुले सबै मेडिकल कलेज सरकारले नै जिम्मा लिन समेत चेतावनी दिइएको छ।
प्राध्यापक डाक्टर गोविन्द केसीलाई तुच्छ शब्द प्रयोग गर्दै विज्ञप्ति प्रकाशित छ। यतिसम्म कि केसीलाई नेपालको मेडिकल शिक्षामा योगदान नै नभएको व्यक्ति भनेर उल्लेख गरिएको छ। साथै ‘सत्याग्रहीको भेष’मा भन्दै केसीको आन्दोलनको अवमूल्य समेत गरिएको छ।
गत वर्ष त्रिभुवन विश्वविद्यालयका पूर्व उपकूलपति प्राध्यापक केदारभक्त माथेमाको कार्यदलले बुझाएको प्रतिवेदन व्यावहारिक नभएको पूर्ववत् दाबी गरिएको छ। विज्ञप्तिमा डाक्टर केसीसँग भएको सम्झौतालाई गैर कानुनीसमेत दाबी गरिएको छ । भनिएको छ, ‘एक व्यक्तिसँग सम्झौता गरी उक्त सम्झौता मेडिकल कलेजहरुमाथि कार्यान्वयन गर्ने भनिएको उक्त सम्झौता गैरकानुनी ठहर गर्दै घोर भर्त्सना गर्दछ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्